Home / Feature Breaking news / संघर्षशील कमलरीहरुको कथा हो ‘जीवन बदल्नेहरु’

संघर्षशील कमलरीहरुको कथा हो ‘जीवन बदल्नेहरु’

घोराही,११कात्र्तिक । पूर्वकमलरीहरुले ‘जीवन बदल्नेहरु’ पुस्तक कमलरीहरुको पिडादायी कष्टकर कथा भएको बताएका छन । नेपाल युथ फाउण्डेशनले पुस्तकको आइतवार घोराहीमा राखेको समीक्षा तथा जीवन बदल्ने पात्रहरुसँग राखिएको अन्तरक्रिया कार्यक्रममा उपस्थीत पूर्व कमलरीहरुले पुस्तक आफुहरुले बिगतमा कमलरी जीवन भोग्दा दु.खका पीडाहरु बोलेको बताएका थिए ।
मुक्त कमलहरी विकास मञ्चका पुर्व अध्यक्ष उर्मिला चौधरीको अध्यक्षता तथा पुर्व सांसद तथा पूर्व कमलरी शान्ता चौधरीको प्रमुख आतिथ्यता एवं प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा पुस्तकको समीक्षा गरिएको हो । त्यस अवसरमा बोल्ने बक्ताहरुले अवसर प्राप्त गरेपछि सबैले क्षमता प्रदर्शन गर्न सक्ने बताएका थिए । कम्लहरीका रुपमा बसेका घरमा बसेकाहरुले जीवनलाई बदलेकोप्रति प्रसंशा गर्दै सबैलाई अवसर दिनुपर्ने बताएका थिए ।
नेपाल युथ फाउण्डेसनका कार्यक्रम संयोजक मानबहादुर क्षेत्रीको स्वागत मन्तब्यबाट सुुरु भएको कार्यक्रममा हालसम्म १२ हजार बढी कमलहरीहरु मुक्त भएका कार्यक्रममा जानकारी गराईएको थियो । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कम्लहरी प्रथाको रहेको थियो । कम्लहरीको जीवन भोगाईका आधारमा पत्रकार दुर्गालाल केसीले ‘जीवन बदल्नेहरु २०७१ सालमा प्रकाशन गर्नुभएको थियो भने २०७४ सालमा दोस्रो सस्करण प्रकाशन भएको छ ।
उक्त पुस्तकमा ५१ जना संघर्षशील कमलहरीहरुको कथा समेटिएको लेखक केसीले बताए । कार्यक्रममा बरिष्ठ साहित्यकार गिरीराज शर्मा, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, युथ फाउण्डेसनका राजु धमलाले बोल्नुभएको थियो । त्यस अवसरमा मुक्त कमलहरीहरुले जीवन भोगाई ब्यक्त गरेका थिए । पुस्तकको समिक्षा पत्रकार शरद अधिकारीले गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार बसन्तविवश आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*