Home / Feature Breaking news / बमजनमाथि अनुसन्धान गर्न एक जना नियन्त्रणमा

बमजनमाथि अनुसन्धान गर्न एक जना नियन्त्रणमा

काठमाण्डौ  । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता र हत्या गरेको आरोप लागेका रामबहादुर बमजनमाथि अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले अनुसन्धानका क्रममा कमलामाई–८ का इन्द्रबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनी बमजनको सिन्धुलीस्थित आश्रममा बस्छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी रामेश्वर यादवले उनीमाथि अनुसन्धान भइरहेको पुष्टि गरे । उनले भने, ‘अनुसन्धानका क्रममा सोधपुछका लागि ल्याएका हौं । विस्तृतमा बुझ्ने काम भइरहेको छ ।’

उनीसँगै गोपाल योञ्जन पनि आश्रमबाट प्रहरी कार्यालयमा आएका छन् ।

प्रहरीले यसअघि सिन्धुपाल्चोकमा रहेको बमजनको आश्रममा छापा मारेको थियो । त्यहाँ अस्वाभाविक गतिविधि देखिएको दाबी गरिएको थियो ।

हाल बमजन सिन्धुलीकै आश्रममा रहेको बताइँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*