Home / Feature Breaking news / मावि रतनपुर महायज्ञमा चौथो दिन ३ लाख नगद दान

मावि रतनपुर महायज्ञमा चौथो दिन ३ लाख नगद दान

हापुर, १७ चैत । हापुर मावि रतनपुरमा जारी महायज्ञमा चौथो दिन आईतवार ३ नगद लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि घोराही १२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” ३३ लाख ४५ हजार दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

आईतवार ३ लाख ११ हजार ८ सय ६० रूपैया नगद दान संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिनुभयो ।
जसमा घोराही( १२ का हुकुमबहादुर डाँगी र पूर्णकुमारी डाँगीले ६१ हजार १ सय ५ रूपैया, घोराही(१२ का भरतराज गौतम र प्रीमा गौतमले १५ हजार १ सय १५, घोराही(११ का केशव न्यौपाने, कमल न्यौपाने र लक्ष्मण न्यौपानेले १५ हजार ५१, घोराही–१२ का देवमणी गौतम र विष्णा गौतमले ११ हजार १ सय ५५ रूपैया दान गर्नुभएको महायज्ञ आयोजक मूल समितिका सह(कोषाध्यक्ष डम्बर श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय सभा सदस्य कोमल वलीले ११ हजार १ सय ५५ घोराही(१३ कम देवका लम्सालले ११ हजमर १ सय ११, घोराही(१२ का दुर्गा नेपाली र गोमा नेपालीले ११ हजार २५, घोराही(१५ का शान्ता लम्साल न्यौपानेले ११ हजार ५, घोराही ११ का वेदबहादुर बोहरा र मनकुमारी बोहराले १० हजार १ सय ५५, घोराही १२ का मोहनलाल पुन र खगी पुनले १० हजार १ सय १५ र घोराही(१२ का सावित्रा गौतमले १० हजार १ सय ५ रूपैया दान गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।
महायज्ञमा हालसम्म नगद र जिन्सी गरि ३६ लाख ४३ हजार ४ सय ७५ रूपैया दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञकालागि निशुल्क बस

मावि हापुर रतनपुरमा जारी महायज्ञसम्म पुग्नकालागी निशुल्क बस सञ्चाला गरिएको छ । महायज्ञमा पुग्न भक्तजनहरूलाई सहज होस् भन्ने उद्धेश्यकासाथ नारायणपुरदेखी मशायज्ञ स्थल हापुर मावि रतनपुरसम्म निशुल्क बस सञ्चालन गरिएको प्रचारप्रसार उपसमितिका सदस्य हेमराज गौतमले जानकारी दिनुभयो । जुन बस विहान ११ बजे नारायणपुरको सर्वेश्वरी मन्दिरबाट र बेलुका ५ बजे महायज्ञ स्थलबाट छुट्ने गरेको गौतमले जानकारी दिनुभयो । जसकालागि पशुपति विद्याश्रम नारायणपुरले बस सहयोग गरेको छ ।

महायज्ञकालागी गौतम जल सेवा घोराहीले शुद्ध खानेपानी सौजन्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*