Home / Feature Breaking news / तराईकाे विपदले दुखी तुल्याएकाे छ: उपाध्यक्ष पाेख्रेल

तराईकाे विपदले दुखी तुल्याएकाे छ: उपाध्यक्ष पाेख्रेल

काठमाडाैँ, १८ चैत

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले तराईमा भएको विपतलाई राष्ट्रीय पीडा भन्दै हावाहुरीवाट भएको मानवीय क्षतीले दुःखी तुल्याएको बताएका छन् ।

हावाहुरीवाट मृत्यु भएकाहरुप्रती श्रद्धाञ्जली दिदै थप मानवीय क्षती हुन नदीन पत्रकारिता क्षेत्रले समेत अझ योगदान पुराउन सक्ने तर्फ सबै पत्रकारहरुको ध्यानाकर्षण गराएका छन् ।

‘वारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएहरुको उपचार प्रक्रियालाई सघाउन, आबश्यक मावनीय सहयोग जुटाउन, रगतको अभाव हुन नदिन र आबश्यक सूचना प्रवाह गर्न मिडियाले महत्वपूर्ण भूमिका खेलिरहेको छ’ उनले भनेका छन्, ‘त्यहाँका पत्रकारहरुको यो सक्रियताका लागि धन्यवाद दिदै अझ प्रभावकारी ढंगले सहयोगमा जुट्न सबै मित्रहरुमा आग्रह गर्दछु ।’

पोख्रेलले भनेका छन्, ‘देशले भोगेको यो दुःखद घटनासंगै फेरि पनि मौसम प्रतिकुल बन्ने संभावनालाई मध्यनजर गरी पुर्वतयारीमा जुट्न पनि आबश्यक छ ।’ बिपद व्यबस्थापनका सन्दर्भमा र पुर्व सतर्कताका सन्दर्भमा पनि पत्रकारहरुको सचेतता पुर्वक भूमिका निर्वाह हुने उनको बिश्वास छ । उनले यो प्रक्रियामा सामुहिक प्रयत्न गर्न पनि सबैमा आग्रह गरेका छन् ।

‘बारा र पर्साका पत्रकारहरुसंग मैले कुरा गरेको छु, भारतीय सिमा नजिक यसरी हावा हुरी आएको हो’ उनले भने, ‘घाइतेको यकिन संख्या र अबस्था बुझ्न पत्रकारहरु लागिरहनु भएको छ ।’ कतिपय घाइतेहरु भारतमा उपचारका लागि गएको हुनाले घाइतेको संख्या र अबस्थाका बारेमा अझै राम्रोसंग बुझ्नु पर्ने आबश्यकता औल्याउदै उनले राज्यको ध्यानाकर्षण गराएका छन् ।

‘पत्रकार साथीहरुले सिमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै सक्रियताका साथ आफ्नो भूमिका बढाइरहनु भएको छ’ पोख्रेलले भनेका छन्, ‘राज्यका निकायहरुले पनि उपचार, अबस्था र संख्याको यकिन गर्न र थप क्षती हुन नदिन अझ प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने देखिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*