Home / Feature Breaking news / ठेला व्यवस्थापनमा उपमहानगरपालिका असफल

ठेला व्यवस्थापनमा उपमहानगरपालिका असफल

घोराही, २६ असार

घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनलागी थालेको प्रयास असफल देखीएको छ । उपमहानगरपालिकाले बजार व्यवस्थापनकालागी पटक पटक प्रयास थालेपनि खासै सफल हुन सकेको देखिदैन ।

बजारमा अस्तव्यस्त हुने फुटपाथ व्यापारदेखी ठेला व्यवस्थापन उपमहानगरपालिकाकोलागी टाउको दुखाईको विषय बनेको छ । यसका साथै अव्यवस्थित पार्कीङपनि अर्को समस्या रहेको छ ।

घोराही बजारको मुख्य मुख्य चोकहरुमा पुटपाथ व्यापार हुने गरेको छ । जसले गर्दा बजारको स्वरुप बिग्रीएको देखिन्छ । मुन्ख्य चोकहरुमा हुने अव्यवस्थित पार्किङ र ठेलाबाट हुने व्यापार व्यवस्थापन हुन सकेको देखिदैन ।

66243377_724249834659803_4831824395385176064_n

उपमहानगरपालिकाले स्थानीय नियमावली अनुसार बजार व्यवस्थापन अन्तरगत रहने गरि करिब ३ महिना अगाडी घोराही उपमहानगरपाकिला वडा नम्बर १४ का अध्यक्ष शक्तीराम डाँगी संयोजक रहेको ठेला व्यवस्थापन समिति गठन ग¥यो ।

बजार व्यवस्थापनकालागी ठेला व्यवस्थापन पहिलो कार्य भएको भन्दै समितिले काम अगाडी बढायो । तर त्यस कार्यले खासै निरन्तरता पाउन सकेन ।

समितिको क्रियाशीलता हुँदा केही ठेला व्यवसायीहरु कारबाहीमा पनि परे तर अहिले फेरी सडकको समस्याको रुपमा ठेला देखिन थालेका छन् ।

हरेक दिन बेलुकाको समयमा तुलसीपुर चोकको चारैतर्फ सडकमै ठेला ल्याएर ठेला व्यवसायीहरुले व्यापार गरिरहेका हुन्छन् ।

जसले गर्दा पैदन यात्रुलाई हिड्न र सवारी आवागमनमा समेत समस्या देखिन्छ तर त्यसतर्फ न त उपमहानगरपालिकाले ध्यान दिएको छ न त ट्राफिक प्रहरीले ।

कतिपय अवश्थामा त झनै तुलसीपुर चोकको प्रहरी बिट छेउबाटै ठेला व्यवसायीहरुले फलफुल बेचिरहन्छन् ।

यसका साथै मुख्य चोकहरुमा फुटपाथ व्यापार पनि भईरहेकै हुन्छन् तर त्यसको समाधान हुन सकेको छैन ।

कांग्रेसद्वारा विकास निर्माणको अनुगमन
घोराही, २६ असार
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले घोराही उपमहानगरपालिकाभित्र भएका विकास निर्माणका कामहरुको अनुगमन गर्न सुरु गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको नेतृत्वमा उपमहानगरपालिकाभित्र भएका विभिन्न विकास निर्माणका कामहरुको अनुगमन सुरु गरेको हो ।
टोलीले वुधवार र विहीवार उपमहनगरपालिकाको वडा नम्बर ७, ८, ९, ११ र १२ मा भएका विभिन्न विकास निर्माणका कार्यहरुको अनुगमन गरेको छ ।
त्यस क्रममा विकास निर्माणका कार्यहरुमध्य केही स्थानमा भएका कामहरु गुणस्तरिय नभएको स्थानीयबासीहरुले टोलीसँग गुनासो गरेको क्षेत्रीय सचिव बद्रिंकुमार खड्काले जानकारी दिनुभयो ।
विशेष गरि कालोपत्रे लगायतका कामहरु बर्षाको समयमा भएकाले गुणस्तरिय नभएको पाईएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी र लगानी गर्ने स्थानीय तह लगायत विभिन्न सरकारी कार्यालयहरुको लगानीमा भईरहेका कामहरु असारे झरीमा पनि भईरहेको पाईएको र यस विषयमा सम्वन्धीत निकायलाई फोनमार्फत सचेत बनाउने काम भएको टोलीका नेतृत्वकर्ता एवं क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।
अनुगमनलाई निरन्तरता दिदै अन्य वडाहरुमा पनि पुग्ने उहाँले बताउनुभएको छ ।

घोराहीको बजेट एक अर्ब ७८ करोड
घोराही, १० असार
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ कालागी बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिको मंङगलवार आगामी वर्षकालागी १ अर्ब ७८ करोड २९ लाख ६६ हजार रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको हो । जसमा चालुतर्फ १ अर्ब १८ करोड ९० लाख ३५ हजार (बजेटको ६६.६९ प्रतिशत) र जूजीगततर्फ ५९ करोड ३९ लाख ४१ हजार (बजेटको ३३.३१ प्रतिशत) रकम विनियोजन गरिएको छ ।
कुल बजेटको ८१ दशमलव ९३ प्रतिशत अर्थात १ अर्ब ४६ करोड ८ लाख ८१ हजार रुपैया विकास बजेटतर्फ, ३२ करोड २० लाख ८५ हजार अर्थात् १८ दशमलव ०७ प्रतिशत रकम प्रशासनिक खर्चतर्फ बिनियोजन गरिएको छ ।
चालुतर्फको १ अर्ब १८ करोड ९० लाख २५ हजारमध्य विषयगत कार्यक्रमतर्फ ६० करोड ३८ लाख ९० हजार, सामाजिक सुरक्षातर्फ २६ करोड, पदाधिकारी तथा कर्मचारी भत्तातर्फ २३ करोड २३ लाख ७५ हजार, कार्यालय सञ्चालनतर्फ ८ करोड ९७ लाख १० हजार र अन्य संस्था अर्थात गरिबीसँग विशेश्वर कार्यक्रम र युनिसेफ लगायत संस्थाको कार्यक्रमकालागी ३० लाख ५० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले बजेट बक्तव्य प्रस्तुत गर्नुभएको थियो ।

मोडल टीका जैसीको उत्कृष्ट अभिनयमा मर्मस्पर्सी गीत ‘छोरीको बेदना’ –भिडियो)
दाङ, ७ असार
मोडल टीका जैसीले अभिनय गरेको नयाँ म्यूजिक भिडियो लोप्रीय बनेको छ । जैसीले अभिनय गरेको छोरीको बेदनाले भरिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै लोकप्रीय बन्दै आएको छ । सयौँ गीतमा अभिनय गरिसकेकी टीकाको उत्कृष्ट अभिनय रहेको गीत मर्मस्पर्शी रहेको छ । छोरीले भोग्नुपरेको पिडालाई भिडियोमार्फत प्रस्तुत गरिएको छ । दुर्घटनामा परि घाईते भएकी छोरीले आमाप्रति गरेको अनुनय विनयका शब्दलाई गीतमा समेटिएको छ । आमाप्रति आफ्नो मनमा रहेको बहलाई शब्दमार्फत गीतमा प्रस्तुत गरिएको छ । आफू अपांग भएर जिवन बिताईरहदा आमाको हेरचाँह एवं आमाको मायाप्रति आफ्नो मनमा लागेको भावलाई गीतलाई दृष्यमा प्रस्तुत गरिएको छ ।
दुर्घटनामा परि शरिरका विभिन्न अंगले काम गर्न छोडेपछि जिउदो लासझैँ भएर बाँच्नुपरेको व्यथालाई अभिनयमा मोडल टीका जैसीले उत्कृष्ट रुपमा प्रस्तुत गर्नुभएको छ । आफू नजन्मदै खुसी परिवारमा आफू जन्मीएपछि दुःख पाएको भन्दै कर्मले ठगेको भन्दै मनको बहलाई भिडियोमा उतारिएको छ ।
बि.स्टार फिल्मस् प्रालिको प्रस्तुतिमा दुर्गा जैसीको गीत ‘छोरीको बेदना’ बोलको लोकदोहोरी गीतमा पूर्णकला बिसीको स्वर रहेको छ । शिव हमालको शब्द संगीतको गीतमा बिश्वास नेपालको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा टीका जैसी र स–परिवारको उत्कृष्ट अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन, राकेश रनपलको श्रृगार र मिलन विश्वकर्माको सम्पादन रहेको छ । भिडियोको सफलताको शुभकामना ।।
भिडियो हेर्न यँहा क्लीक गर्नुहोस्ः

यी हुन् सरकारी सवारी साधन प्रयोग नगर्ने वडा अध्यक्षहरु
घोराही, २३ जेठ
स्थानीय तहमा निर्वाचन भएपछि जनप्रतिनधिीहरुमा सरकारी सेवा सुविधाको मोह ह्वात्तै बढेर गयो । जनप्रतिनीधीले सरकारी सेवा सुविधा उपभोग गर्नकालागी अछाडमछाड गरेका घटनाहरु पनि सार्वजनिक भए । दाङकै केही स्थानीय तहहरुमा झनै प्रमुख र उपप्रमुखबिच सरकारी सवारी साधन प्रयोगको विषयलाई लिएर भएको विवाद छताछुल्ल पनि भयो ।
तर घोराही उपमहानगरपालिकका तीन जना वडा अध्यक्षहरुले भने सरकारी सवारी साधन प्रयोग गरेका छैनन् । घोराही उपमहानगरपालिकाको वडा नम्बर १० र १५ ले सरकारी मोटरसाईकल प्रयोग गरेका छैनन् । उपमहानगरपालिकाले सबै वडा अध्यक्षहरुकालागी टेण्डरबाट मोटरसाईकल खरिद गरेको थियो । टिभिएस मोटरसाईकल खरिद गरेको भएपनि वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल) र वडा नम्बर १५ का रमेशकुमार पाण्डेले मोटरसाईकल लगेनन् । आफूसँग मोटरसाईकल हुदाँहुदै सरकारी मोटरसाईकल किन प्रयोग गर्नु भन्ने उदारताका साथ उनीहरुले उपमहानगरपालिकाले खरिद गरेका मोटरसाईकल प्रयोग गरेनन् ।
‘आफूसँग निजी सवारी साधन हुँदाहुदै किन सरकारी साधन प्रयाग गर्नु भनेर हामीले उपमहानगरपालिकाले खरिद गरेका सवारी साधन नचढेका हौँ’ वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले भने–‘बरु मोटरसाईकलको मुल्य बराबरको रकम विकासमा लगाउन पाए वडाबासहिरुले विकास पाउने थिए ।’

आफ्नो भएको सवारी

१० र १५
आवश्यकता बाईकहरु लिनजुभन्दा पनि विकासको लागी बजेट
मोटरसाईकल बराबरको
टिभिएस. १५०

वडा कार्यलयको व्यवस्थापन नभएर
त्यसले नपुग्ने ।
स्टोरको सामानहरु राखेको
वरिपारी जाँदा समस्या
गर्मीसँगै
मिटिङकालागी

वेश्यावृतिमा संलग्न १९ जना पक्राउ
घोराही, २२ जेठ
दाङमा प्रहरीले वेश्यावृतिमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । घोराहीका विभिन्न होटलहरुमा छापा हानेर प्रहरीले वेश्यावृतिमा संलग्न १४ जना महिला र ५ जना पुरषहरुलाई पक्राउ गरेको हो । घोराहीका विभिन्न होटलहरुमा युवतिहरु राखेर नै वेश्वावृति हुने गुनासो आएपछि प्रहरीले मंगलवार घोराहीका विभिन्न होटलहरुमा छापा हानेको थियो । पक्राउ परेकामध्य पुरुष १८ देखी २४ वर्षका र महिला १८ देखी ३० वर्ष उमेरका रहेको प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले घोराहीको गुमान होटल, अर्जुन होटल र पञ्चकन्या पञ्चकन्या होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराहीका ७ वटा होटलमा छापा हानेकोमा तीन होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*