Home / Feature Breaking news / बाढी पहिरो प्रभावितलाई कांग्रेस सांसदको ५ दिनको तलब

बाढी पहिरो प्रभावितलाई कांग्रेस सांसदको ५ दिनको तलब

काठमाडौ,३० असार । नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिएका हुन् ।
उनले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको आरोप लगाए ।

सरकार संसदको सामना गर्न तयार नहुनु दुःखद भएको भन्दै खाँडले विज्ञप्ति जारी गर्दै भनेका छन्, कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*