Home / Feature Breaking news / एमाले सचेतक चौधरीलाई मुक्त कमलरीहरुको ज्ञापनपत्र

एमाले सचेतक चौधरीलाई मुक्त कमलरीहरुको ज्ञापनपत्र

दाङ,२९ चैत । बेपत्ता कमलरीहरुको खोजी छिटोभन्दा छिटो गरिनुपर्ने माग गर्दै मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालय दाङले नेकपा एमालेकी सचेतक शान्ता चौधरीलाई ज्ञापनपत्र बुझाएका छन ।

 
मञ्चले नया बर्ष २०७५ सालको सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि विहिवार बेपत्ता कमलरीहरुको खोजी गरिनुपर्ने,मालिकको यौन शोषणवाट कुमारी आमा बसनेका कुमारी आमाहरुलाई न्याय दिनुपर्ने,मुक्तकमलरीहरलाई छाटो तथा लामो अवधिकालागि व्यवसायीक तालिमको राज्यले व्यवस्था गर्नुपर्ने,विभिन्न जिल्लाका छ वटा छात्राबासमा बसेर अध्ययन गरिरहेका २९४ जना घर र अभिभावक बिहिन मुक्त कमलरीहरुको शिक्षा,स्वास्थ्य उपचार,सरसफाई,भरोणपोषणलगायतका लागि रकम बृद्धि गर्नुपर्नेलगायतका मागहरु ज्ञापनपत्रमा समेटिएको मुक्त कमलरी विकास मञ्च दाङकी अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन ।

 
त्यस्तै सरकारले मुक्त कमलरीहरुलाई वितरण गर्दै आएको परिचयपत्र सरकारले रोकेको भन्दै दाङ,बर्दिया र बाँकेका मुक्त कमलरीहरुलाई बैशाख महिनाभित्र परिचयपत्र वितरण गरिसक्न समेत सरकारलाई आग्रह गरिएको छ । त्यस्तै सरकारले कमलरी मुक्त देश घोषण गरिसकेको अवस्थामा पनि अहिले प्रदेशमा दाङमा ११ जना र प्रदेशमा २३ जना कमलरी बहिनीहरु विभिन्न बहनामा कमलरी बस्न बाध्य बनाइएको भन्दै मक्तले उनीहरुलाई तत्कालन उद्धार गर्न स्थानीय सरकारसँग माग गरेको छ ।

 

ज्ञापनपत्र बुझदै सचेतक चौधरीले मुक्त कमलरी बहिनीहरुका समस्या समाधानदेखि सिपमुलक तालिमका माध्यमवाट आत्मनिर्भर बनाउनका लागि आफुले केन्द्रवाट बचेत ल्याउन पहल गर्ने बताईन । आफु पनि पूर्व कमलरी भएकाले कमलरी बहिनीहरुको दु.ख पिडा आफुलाई महशुस भएको भन्दै उनले ज्ञापन पत्रमा उल्लेख समावेश गरिएका मागहरु अध्ययन गरेर पुरा गर्न राज्यलाई दवाफ दिने बताईन ।
मुक्त कमलरी विकास मञ्चकी निरु चौधरीको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रममा मञ्चका सल्लाहकार पत्रकार दुर्गालाल केसी,मुक्त कमलरी विकास मञ्चकी सस्थापक केन्द्रीय अध्यक्ष मञ्जीता चौधरी,नेपाल पत्रकार महांसघ दाङका सदस्य नविन अभिलासीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सुलोधना चौधरीले गरिकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*