दाङ, १ मंसीर
नेपाल प्रेस युनियन दाङले शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ ।
आचार्यका बुवा मणीराम आचार्यको निधन भएको पाँचौँ दिन युनियनले १० हजार रुपैयाँ सहायता प्रदान गरेको हो ।
ब्रेन ट्युमरको अप्रेशन पश्चात एक बर्ष देखि अस्वस्थ अमरराजका बुवा मणीरामको गत २७ गते निधन भएको थियो । युनियनमा आवद्ध सदस्यहरुलाई आईपर्ने कुनै पनि विपतमा आर्थिक सहायता उपलब्ध गराउने नीति युनियनले लिएको छ ।
युनियनका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्षद्धय नारायण खड्का र देव यादव, सचिव आर.के.शीतल, कोषाध्यक्ष प्रकाश डाँगी, निवर्तमान सचिव देवेन्द्र बस्नेत लगायतको युनियनको टोलीले आचार्यको घरमै पुगेर आर्थिक सहयोग प्रदान गरेको हो ।
उक्त सहयोग रकम अमरराजका बहिनीलाई हस्तान्तरण गरिएको हो । आचार्यको परिवारले सहयोग प्रदान गरेकोमा युनियन प्रति आभार व्यक्त गरेको थियो ।
‘युनियनमा आवद्ध साथीहरुलाई आई पर्ने विपतमा मल्हम बन्ने नीति युनियनले लिएको छ,’ युनियनका अध्यक्ष सन्तोष सुवेदीले भने ‘यो विपतमा मल्हम बन्ने नीति अनुरुप अक्षय कोषको स्थापना समेत गरिँदैछ ।’
युनियनको आज बसेको जिल्ला कार्य समितिको बैठकले आचार्यको परिवारलाई आर्थिक रकम सहायता गर्ने निर्णय गरेको थियो ।