घोराही उपमहानगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराही बजार सरसफाई गरिएको छ । ६९ औँ प्रहरी दिवसकोे अवसरमा घोराही बजारको विभिन्न सडकहरु सरसफाई गरिएको हो । घोराही उपमहानगरपालिकाको मुलगेटबाट सुरु भएको सरसफाई कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय रोड, नापी शाखा, दिपशिखा चोक, जिल्ला प्रहरी कार्यालय रोड हुदै पुनः उपमहानगरपालिका सम्मको सडक सफाई गरिएको थियो ।

सरफाई कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक इश्वर थापा, शसस्त्र प्रहरी कारागार बेश घोराहीका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक होमराज न्यौपाने, घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी, विभिन्न टोलका अध्यक्ष तथा पदाधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, घोराही उपमहानगरपालिकाका सरसफाई शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।
RaptiSandesh RaptiSandesh