नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा गृह मन्त्रालयले मन्त्रिपरिषदमा लगेको छ। अर्थ र कानुन मन्त्रालयको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पुगेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक परामर्शका लागि लोकसेवा आयोग पठाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आइतबार जानकारी दिए।
दुवै विधेयकमा भर्नादेखि बढुवा तथा अवकाशसम्मका प्रावधान संशोधन गर्न लागिएको छ। गृहमन्त्री रमेश लेखकले दुवै प्रहरीको नयाँ ऐन छिट्टै ल्याउने बताउँदै आएका छन्।