Home / Feature Breaking news / टिका, जमरा र दक्षिणासहित विद्यार्थीलाई दशै बिदा

टिका, जमरा र दक्षिणासहित विद्यार्थीलाई दशै बिदा

दाङ, २४ असोज । घोराही उपमहानगरपालिका–१३ मा रहेको मेरील्याड पब्लिक एकेडेमीले विद्यार्थीहरुलाई टिका, जमरा र दक्षिणाले दंशै–तिहार विदा गरेको छ । विद्यालयले आइतवार दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दशैको बिदा दिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढामगर, घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख बिनोद गौतम, घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केशव गिरीलगायत अतिथिहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई टिका, जमरा र दक्षिणासँगै शुभकामना दिएका थिए ।

कार्यक्रममा उपस्थीत अतिथि तथा अभिभावकहरुलाई विद्यालयका विद्यार्थी तथा शिक्षिकाहरुले दशैं टिका ल गाएर दशैंको शुभकामना दिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालीहरुको महान पर्व दशैमा लगाइने टिका, जमरा र दक्षिणाको महत्व बारे जानकारी दिइने उद्देश्यले विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी दशै टिका, जमरा र दक्षिणा दिने कार्यक्रम गरेको विद्यालयका प्रिन्सीपल राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘बालबालिकाहरुलाई दशैंसँगै दशैमा लगाइने टिका, जमरा र दिइने दक्षिणको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरेका हौ’,विद्यालयका प्रिन्सीपल श्रेष्ठले भने,‘कार्यक्रमले बालबालिकाहरुलाई दशै पर्वको बारेमा ज्ञान दिने काम गरेको छ ।’ उनले विद्यार्थीहरुलाई शिक्षासहितको सस्कार संस्कृति सिकाउने उद्देश्यले विद्यालयले कार्यक्रम गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख बिनोद गौतम, घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केशव गिरी, प्यावन घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्द, योग गुरु रविन्द्र बस्नेतलयातले शुभकामना मन्तव्यसहित विद्यालयले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षासहित सस्कार सिकाउन समेत ध्यानदिनुपर्ने बताएका थिए ।

विद्यालयका शिक्षिका कमला थापा क्षेत्रीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बिष्णु बुढामगरले गरेकी थिइन । शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास तथा नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*