Home / Feature Breaking news / यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

रकारले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका–१८ स्थित हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय पनि गरिएको छ ।

यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय– 
– धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने
– वर्डफ्लु नियन्त्रण गर्न मोरङको विराटनगर महानगरपालिकाको वडा नम्बर–१८ स्थित हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्ने
– स्थानीय तह निर्वाचन दफा ४ को उपदफा १ बमोजिम वि.सं. २०७९ साल वैशाख ३० गते बुधबार एकै चरणमा देशभरका सबै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्ने
– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने
– सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतानिक नेपाली महावाणिज्यदूतहरूको अवधि थप गर्ने
– डिजिटल प्रणलीमार्फत नाप, नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८ स्वीकृत गर्ने
– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय गोरखाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोटको सडकभित्र परेका तीनवटा घर–टहराको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत दिने
– बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघमा पेस गर्न अनुमति प्रदान गर्ने
– ०७८ फागुन ४ र ५ गते नर्वेमा भर्चुअल माध्यबाट हुने दोस्रो ग्लोबल डीसएबीलीबी समिटमा भाग लिन महिला, बालबलिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुने स्वीकृति दिने
– फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने
– राष्ट्रिय प्रसारण ११औँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने
– नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि  बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने
– लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*