Home / समाचार / कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*