Home / Feature Breaking news / जिल्लामा ल्याव नहुदा व्यवसायीलाई समस्या

जिल्लामा ल्याव नहुदा व्यवसायीलाई समस्या

अमरराज आचार्य
दाङ, २६ भदौ । खाद्य, दुग्धजन्य पदार्थ र तरकारीको प्रयोगमा ल्याव नुहदा समस्या भएको जिल्लाका व्यवसायीहरुले बताएका छन् । ल्यावको अभावमा व्यवसायीले खाद्य, तरकारी र अन्य वस्तु त्यसै वेच्न समेत बाध्य छन् । ल्याव नहुदा गुणस्तर छ कि छैन, त्यो परीक्षण नगरेरै व्यवसायीले सामाग्री बेच्नुपर्ने बाध्यता रहेको बताएका थिए । खाद्य उद्योग सम्वन्धी छलफलमा दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रवहादुर डाँगीले भने ‘ जिल्लामा ल्यावको व्यवस्था भए उपभोक्ताले स्वस्थ वस्तु प्रयोग गर्न सहज हुने थियो ।’

कुनै पनि समस्या देखिएमा परीक्षणको लागि वाहिर जानु पर्ने वाध्यता भएको समेत उनले बताए । उनले होटल व्यवसाय कृषि तथा खाद्य संग जोडिने भन्दै खाद्य तथा गुण नियन्त्रण कार्यालय वाट सचेतना दिनुपर्ने बताए । ‘सवै व्यसायिहरु लाई गुणस्तरका वारेमा जानकारी हुदैन यसका वारेमा राज्यले सचेतना दिन आवश्यक छ’ अध्यक्ष डाँगीले भने ।

डेरी व्यवसायी गंगाधर भुसाललले जिल्लामा ल्यावको व्यवस्था नहुदा समस्या भएको बताए । ‘कस्तो दुध आएको छ भनेर परीक्षण गर्ने व्यवस्था जिल्लामा छैन’ भुसालले भने ‘यसले गर्दा डेरी व्यवसायीहरुलाई समस्या छ । बाहिरबाट गुणस्तरीय दुध नआएमा त्यसको जिम्मेवार व्यवसायी लिनु पर्ने अवस्था छ ।’ त्यस्तै गुनासो रहेको छ बेकरी व्यवसायी नरेश श्रेष्ठको पनि । जिल्लामा प्राविधिक जनशतिm नहुदा बेकरीमा कस्तो सामाग्री उत्पादन भैरहेको छ भन्ने समेत थाहा नपाउने अवस्था रहेको छ ।

प्राविधिक रुपमा दक्ष जनशतिm नहुदा कहिले काही जिल्लामा उत्पादन हुने वस्तुमा समेत समस्या देखिन सक्ने बताए । ‘काम गर्ने जनशक्ति पाइदैनन् पाइएपनि धेरै रकम दिनु पर्ने वाध्यता छ ’ व्यवसायी श्रेष्ठले भने । धेरै रकम दिन साना व्यवसायीहरुलाई समस्या रहेको उनको भनाई रहेको छ । ‘लगानी सानो हुन्छ आम्दानी पनि कम हुन्छ कसरी धेरै रकम दिने’ श्रेष्ठले भने । जिल्लामा गुणस्तरीय वस्तु उत्पादन भएपनि बाहिरवाट आएका वस्तु प्रयोग गर्ने गरेको बताए ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ । मसला व्यवसायी सुधीर शाहले दक्ष कर्मचारी अवभाव हुदा समस्या रहेको बताए । सानो लगानीमा सञ्चालन गरेका व्यवसायीहरुले वाहिरबाट आउने सामान संग प्रतिस्पर्धा गनु पर्दा समस्या हुने गरेको उनले बताए ।
स्थानीय उत्पादनलाई भन्दावाहृय उत्पादनलाई प्राथमिक्ता दिइने गर्दा स्थानीय व्यवसायीहरु मर्कामा पर्ने गरेको शाहले बताए । चाउमिन व्यवसायी ज्ञानवहादुर वुढाले चाउमिनको कच्चा पदार्थ समेत जिल्ला वाहिरवाट ल्याउनु पर्ने वाध्यता रहेको बताए । राम्रो कच्चा पदार्थको समस्याले गर्दा वाहिरवाट ल्याउनु परेको उनको भनाइ रहेको छ ।
उद्योगहरुको सर्वेक्षण गरिदै जिल्लामा रहेका साना उद्योगहरु अवस्था वारे सर्वेक्षण थालिएको छ । नेपाल एग्री विजनेश इनोभेटिएन सेन्टरले यस प्रकारको सर्वेक्षण गर्न थालेको हो । साना उद्योगहरुको अवस्था कस्तो अवस्था रहेको छ, राज्यवाट के सहयोग आवस्यक रहेको छ, समस्या कसरी समाधान गरेका छन लगाएतका वारेमा सर्वेक्षण गरिने वरिष्ठ खाद्य प्राविधिक विज्ञ जिवनप्रभा लामाले बताइन ।

अध्ययन सकेर राज्यलाई सर्वेक्षणको नतिजा वुझाइने भएको छ । राज्यले त्यसै अनुसार उद्यमीलाई सहयोग गर्ने र अरु कुन कुन उद्योग आवश्यक रहेका छन । त्यस्ता उद्योग स्थापना गर्ने उनको भनाइ छ । राज्यले निती वनाउदा यस प्रकारका सर्वेक्षण गरी त्यसै अनुसार अगाडि वढने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । सर्वेक्षणमा आउने व्यक्तिलाई सहि सुचना दिएर सहयोग गर्न समेत उद्यमीहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*