Home / Feature Breaking news / ६ महिनामा १ सय २३ मानवअधिकार हनन्: ४२ वटा बलात्कारका घटना

६ महिनामा १ सय २३ मानवअधिकार हनन्: ४२ वटा बलात्कारका घटना

दाङ, ८ असार

दाङमा बितेकाे ६ महिनामा १ सय २३ वटा मानव अधिकार हननका घटनाहरू भएका छन् ।

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) काे तथ्यांक अनुसार बितेकाे ६ महिना सन् २०१९ काे जनवरीदेखी जुन २३ गतेसम्मकाे अवधिमा जिल्लामा १ सय २३ वटा मानव अधिकार हननका घटनाहरू भएका छन् ।

जसमा सबैभन्दा बढि बलात्कारका घटना भएका छन् । याे अवधिमा ४२ वटा बलात्कारकाे घटनाहरू भएका छन् । अघिल्लाे एक वर्षमा ५२ वटा बलात्कारका घटना भएका थिए । तर याे वर्षकाे ६ महिनामा ४२ वटा घटना हुनु बलत्कारका घटनामा उल्लेख्य वृद्धि भएकाे ईन्सेक दाङका प्रतिनिधि जे.एन.सागरले जानकारी दिनुभयाे ।

बलात्कारका घटनाहरूमा प्रहरी, शिक्षक, परिवारका सदस्यहरू हजुरबुवा, भिनाजु, ससुराहरू पिडक रहेकाे उहाँले जानकारी दिनुभयाे । बलात्कार घटनाहरू ४० वटा घटना गैर राज्य पक्षबाट र २ वटा घटना राज्य पक्षबाट भएकाे छ । बलात्कारबाट पिडीतहरूमा २६ जना ५ देखि १७ बर्ष उमेरका रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

६ बर्षकाे अवधिमा कुटपिट घरेलु हिंसाका २६ वटा घटना भएका छन् । जसमा १ जना जनप्रतिनिधी पिडित भएका छन् भने एक जना जनप्रतिनिधीले पत्नीलाई घर निकाला गरे ।
११ वटा गैर कानुनी हिरासतका घटना भए । जसमा राजनितिक अाश्थाका अाधारमा १३ जनालाई गैरकानुनी हिरासतमा राखीयाे ।

याे अवधिमा एक जना पत्रकारलाई समाचार लेखेकै कारण दुर्व्यवहारकाे घटना भयाे भने ११ वटा दुर्व्यवहारकाे घटना भयाे ।

६ महिनाकाे अवधिमा १० वटा बनृद हड्तालका घटना भएका छन् भने मानव बेचविखनका २, कथित बाेक्सीकाे अाराेप २, कथित छुवाछुत १, हत्या/हत्याकाे प्रयास २, भ्रुण हत्या २, अागजनी १, बहुविवाह १, बालबालिका २, अात्महत्या दुरूत्साहन २ र अन्य ६ गरि १ सय २३ घटना भएका छन् ।

याे अवधिमा १४ वटा राज्य पक्षबाट र १ सय ७ वटा गैर रमज्य पक्षबाट र २ वटा अज्ञात पक्षबाट घटना भएका छन् । १ सय २३ घटनामा १ सय २७ जना पिडीत भए ।

ईन्सेककाे अभिलेखीकरणले बालिका संरक्षणमा ध्यान केन्द्रित गर्न अावश्यक भएकाे ईन्सेकका जिल्ला प्रतिनिधी जे.एन.सागरले जानकारी दिनुभयाे । उहँहालु मानव अधिकारका घटना नियन्त्रण/न्यूनिकरणकालागी अाफ्नाे क्षेत्रबाट लाग्न अनुराेध पनि गर्नुभएकाे छ ।

ईन्सेकले अाईतवार एक कार्यक्रम गरेर पछिल्नाे ६ महिनाकाे अवधिमा भएका मनव अधिकार घटनाकाे अभिलेख सार्वजनिक गरेकाे छ ।

मानव अधिकार सञ्जाल दाङकाे अध्यक्ष केशवकुमार शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ईन्सेकका जिल्ला प्रतिनिधि जे.एन.सागरले अभिलेखिकरण प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालतका न्यायधिस हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी गाेविन्दप्रसाद रिजाल, जि.प्र.का दाङका प्रहरी निरिक्षक राजनकुमार गाैतम, नेकपाका मनाेहर बुढाथाेकी, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, कारागार घाेराहीका प्रमुख विष्णुप्रसाद पाण्डेय, नागरिक समाज दाङका संयाेजक चन्द्रराज पन्त, महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी अाचार्यले प्रतिवेदनमाथी अाफ्नाे भनाई राख्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*