Home / Feature Breaking news / नेकपा (मसाल) को ठहर ‘तत्काल जनयुद्ध सम्भव छैन’

नेकपा (मसाल) को ठहर ‘तत्काल जनयुद्ध सम्भव छैन’

दाङ,७ असार । नेकपा (मसाल)को आठौँ राष्ट्रिय महाधिवेशनले तत्काल सशस्त्र संघर्ष वा जनयुद्ध गर्ने अवस्था नरहेको ठहर गरेको छ । अहिलेको परिस्थीतिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिमाथि विचार गर्दा तत्कालका लागि शान्तिपुर्ण जनआन्दोलन गर्ने निष्कर्ष निकालेका छ ।

महाधिवेशनले ४३ सुत्रीय समसामयिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनले पार्टीको महामन्त्रीमा पुनं.मोहनविक्रम सिंहलाई चयन गरेको छ । २७ पूर्ण,नौ वैकल्पिक गरि ३६ सदस्य केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । महाधिवेशनले महामन्त्रीलाई खुल्ला नगर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय प्रवक्तामा रामप्रसाद पुरीलाई चयन गरेको छ ।

नेकपा मसालले शनिवार घोराहीमा कार्यक्रमको आयोजना गरि पार्टीको ऐतिहासीक आठौँ महाधिवेशनले गरेका निर्णयहरुका बारेमा जानकारी गराएको हो । कहिले र कहाँ महाधिवेशन भयो भन्ने स्पष्ट नखुलाएको पार्टीले देशमा राष्ट्रियता खतरामा परेको विज्ञप्तिमा उल्लेख गरेको छ । भारतीय साम्राज्यवाद र त्यसको उद्देश्इ पुरा राउनका लागि नेपालमा क्रियाशिल पक्षहरुका लागि पृथकतावादी,विखण्डनकारी र सम्झौतापरस्त नीतिको विरोध गर्ने जनाएको नेकपा मसालका जिल्ला प्रवक्ता भरत भण्डारीले बताए ।

त्यस्तै मसालले हिन्दु राष्ट बनाउने र राजतन्त्रको पुनंस्थापना गर्ने नीतिको विरोध गर्ने निर्णय गरेको छ । महाधिवेशनले वर्तमान नेकपाको सरकारका गलत कामकारवार्हीको विरोध गरिएपनि यसलाई कम्युनिष्टको सरकार बताई देशमा प्रतिगमन तिम्त्याउने नेका,राप्रपा,मधेशवादी संगठनलगायतका देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरु प्रयास भईरहेको भन्दै त्यस क्रियाकलापहरुको विरोध गर्ने निर्णय गरेको प्रबक्ता भण्डारीले कार्यक्रममा जानकारी गराएका थिए ।

मसालका पं्रवक्ता भरत भण्डारीको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्तमान कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम नगरेको बताएका थिए । वर्तमान कम्युनिष्ट पाटीवाट देशको परिवर्तन सम्भव नरहेको भन्दै उनीहरुले बैकल्पीक कम्युनिष्ट पाटीेको रुपमा मसालले नेतृत्व गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसी, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा,अखिल नेपाल युवक संगठनका केन्द्रीय सदस्य काशीनाथ पोख्रेल,अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य रेशम विसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, अखिल नेपाल जातिय समता समाजका केन्द्रीय उपाध्यक्ष टिका विक, अखिल नेपाल बुद्धिजीवि परिषदमा चुनचुन केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शुक्रराज भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*