Home / Feature Breaking news / बसको ठक्करबाट तुलसीपुर निवासी केसीको मृत्यु

बसको ठक्करबाट तुलसीपुर निवासी केसीको मृत्यु

दाङ, ४ साउन । कपिलवस्तुमा बसको ठक्कर बाट दाङका एक व्यक्तिको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३० वर्षीय सुशील केसीको निधन भएको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिएका छन् ।

बसले मोटरसाईकललाई ठक्कर दिदा गम्भिर घाइते भएका केसीकोे उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको हो । मृतक केसीको बहिनी घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा पछाडी सवार मृतक केसीको बहिनी १७ बर्षकी कुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना ५ ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका ९ चम्पापुरमा रा ७ प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठक्कर दिएको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा दाङको तुलसीपुरबाट काठमाडौ जाँदै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*