Home / Feature Breaking news / दाङ उवासंघद्धारा पसलमै पुगेर सेवा

दाङ उवासंघद्धारा पसलमै पुगेर सेवा

घोराही, २३ असोज
दाङ जिल्ला उद्योग वणिज्य संघ घोराहीले व्यवसायीहरुको पसलमै पुगेर सेवा दिन सुरु गरेको छ । वाणिज्य संघ व्यवसायीहरुमाझ ‘व्यसायीक सचेतना अभियान’ लिएर व्यवसायीमाझ पुग्न सुरु गरेको हो ।

व्यवसायीहरुले व्यवसाय दर्ता गर्दा ध्यानदिनुपर्ने विषयका साथमा अभियान लिएर संघका पदाधिकारी एवं कर्मचारीहरु पसलपसलमा पुगेका छन् ।

अभियानमा कर, अनिकरण, नापतौल उपकरण, खाद्य तथा गुणस्तरसँग सम्वन्धीत विषयमा सजग बनाउने संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो ।

यस्तै उपभोक्ता अधिकार, आम व्यवसायीहरुको समस्या, व्यवसाय व्यवस्थापन, विस्तार र विकास, पसल सफा राखेर जिल्लामा सञ्चालन भएको सफा सुन्दर हरित नगर बनाउने अभियानमा सहयोग पु¥याउनु अभियानको उद्धेश्य रहेको छ ।

आज सोमवारदेखी सुरु भएको अभियानका क्रममा पहिलो दिन आज ११ जना नयाँ व्यवसाय उद्योग वणिज्य संघमा दर्ता भएका छन् । उनीहरुले अब ६५ दिन भित्रमा स्थानीय तह र आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेर आएमा आधिकारिक सदस्य हुनेछन् ।

यस्तै आज पहिलो दिन १८ जना व्यवसायीहरुले व्यवसाय नविकरण गरेका छन् । साथै यस अभियानलाई निरन्तर रुपमा अगाडी बढाईने महासचिव नरेश कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*