Home / समाचार / जिपी फाउण्डेशन स्थानिय तहमा विस्तार

जिपी फाउण्डेशन स्थानिय तहमा विस्तार

सुवास डिसी
दाङ,२६ फागुन । गिरिजाप्रसाद कोईराला फाउण्डेशन स्थानिय तहहरुमा पनि विस्तार गरिएको छ । फाउण्डेशनका दाङ जिल्ला संयोजक खगराज पाण्डे, प्रदेश सदस्य केशव आचार्य, जिल्ला सल्लाहकार शंकर गिरी, जिल्ला कोषाध्यक्ष देवेन्द्र रिजाल, सदस्य चेत वहादुर सेर्पाईली लगाएतको उपस्थितिमा विभिन्न स्थानिय तहमा आइतवार भएका भेलाले फाउण्डेशनको स्थानिय समिति गठन गरेका हुन् ।

जस अनुसार तुलसीपुर उपमहानगरपालिकाको संयोजकमा डिल्ली वहादुर डांगी चयन हुनु भएको छ । जसको सह संयोजकमा मुक्तिप्रसाद न्यौपाने, सचिवमा निम वहादुर केसी, कोषाध्यक्षमा होमप्रकाश गौतम चयन भएका छन । त्यस्तै सदस्यहरुमा भागवत आचार्य, पुर्ण धिताल, वसन्त केसी, चिरन्जीवी रिजाल, हेमवहादुर वली, ईन्द्रजित चौधरी, लक्ष्मी विक, रोमहर्ष न्यौपाने, सुमन पुन र आमन्त्रीत सदस्यमा अर्जुन जिसी र भोला थापा रहनु भएको छ ।

समितिको सल्लाहकारहरुमा क्षेत्रीय सभापति जगत वहादुर खड्का, कावा क्षेत्रिय सभापति घनश्याम ढकाल, विमल रिजाल, तेजवहादुर कार्की, फल्कुदत्त भण्डारी, एकराज आचार्य र दिपेन्द्र चापागाई रहनु भएको छ ।
त्यस्तै शान्तिनगर गाउपालिकाको संयोजकमा नरेश कुमार डांगी रहनु भएको छ । जसको सहसंयोजकमा शशिधर केसी, सचिवमा डम्वर वहादर खत्री, कोषाध्यक्षमा लिलाधर वली रहनुभएको छ ।
समितिको सदस्यमा विमला खाम्चा मगर, लिला परियार, पार्वति पुन, कालुराम चौधरी, ओपेन्द्र रावत, सुधाराम चौधरी र दिपक लामिछाने रहनु भएको छ । जसको सल्लाहकारमा खिम प्रसाद खराल, कमानसिंङ डांगी, मिथिला शाह र मदन रसिक रहन् भएको छ ।

त्यस्तै राप्ती गाउपालिका संयोजकमा उत्तम अधिकारी, सह संयोजकमा नारायण चौधरी, सचिवमा चित्रम चौधरी, कोषाध्यक्षमा चुडामणी शर्मा र सदस्यमा विनोद पाण्डेय, सुधिर भुसााल, तुलसा विक, रेशम वहादुर रावत, दान वहादुर चौधरी, भिम वहादुर चौधरी, गोपाल मियां, प्रकाश पौडेल र वसन्ता सार्की रहनु भएको छ ।

यस्तै सल्लाहकारमा सुसिला चौधरी, नुमानन्द सुवेदी, लालमोहमद मियां, दुर्योधन पाण्डे, वेद प्रसाद चौधरी, नित्यानन्द शर्मा , भेषराज आचार्य र शिवध्वज मल्ल रहनु भएको छ । यसैगरि फाउण्डेशनको दंगिशरण गाउपालिका संयोजकमा शम्भु गिरी र ववई गाउपालिका संयोजकमा प्रकाश वस्नेत चयन हुनु भएको छ । यी दुई गाउपालिकाको कार्यसमिति भने संयोजकले विस्तार गर्ने वताईएको छ । गिरिजाप्रसाद कोईरालाको व्यक्तित्व र योगदानको चर्चा तथा सवल लोकतन्त्र र दिगो शान्तिको अभियानका साथ फाउण्डेशन अघि वढ्ने फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*