Home / Feature Breaking news / नदिजन्य बस्तुमा मनपरी नाममा वासिङ,काममा क्रसर उद्योग

नदिजन्य बस्तुमा मनपरी नाममा वासिङ,काममा क्रसर उद्योग

लिलाधर वली
दाङ,८ जेठ । देउखुरीको राप्ती नदिमा अवस्थीत क्रसर उद्योगहरु अवैध देखिएका छन । लमही नगरपालिका वडा नं. ६ मध्यपुरमा अवस्थीत क्रसर उद्योगहरु बालुवा वासिङ उद्योगका रुपमा दर्ता भएर क्रसरको समेत काम गर्ने गरेको फेला परेको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुखसहितको अनुगमण टोलीले मध्यपुरस्थीत पाण्डवेश्वर बालुवा वासिङ उद्योगको अनुगमण गरेको थियो । अनुगमणका क्रममा वासिङ उद्योगका रुपमा दर्ता भएको उद्योगले क्रसरको समेत काम गरिरहेको भेटिएको हो । उद्योग स्थापनादेखि नै उद्योगले वासिङ र क्रसरको काम गर्दै आएको छ । ‘ हाम्रो मात्र उद्योग हैन,मध्यपुर क्षेत्रमा स्थापना भएका सवै उद्योगहरु नाममा वासिङ छन’, उद्योगका एक कर्मचारीले भने े,‘काम भने वासिङ र क्रसर दुवै भएको छ ।’ उद्योगले वासिङ र क्रसर दुवै काम गरेपनि कसैले कारवार्ही गर्न सकेका छैनन् ।

karsar

उद्योगमा कारवार्ही भन्दापनि पैसा उठाउने मानिसहरु आउने गरेको ती कर्मचारीले बताए । ‘उद्योग नियमसँगत रुपमा स्थापना भएको छैन,बन्द गर्नुहोस भनेर कोही मानिस आएको थाहा पाएको छैन’, ती कर्मचारीले भने,‘तर यहाँ हामीलाई सहयोग गर्नुप¥यो, हाम्रो गाडीमा तेल सकिएको छ तेल हाल्दीनु प¥यो भन्ने मानिसहरु आउने गरेका हुन्छन ।’ उद्योगले क्रसरको काम उद्योग स्थपनादेखि नै गर्दै आएको अनुगमणका क्रममा फेला पाईएकोे जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले बताए । ‘अनुगमणका क्रममा उद्योग मापदण्ड विपरित सञ्चालन भएको पाईयो,वासिङका नाममा दर्ता भएर क्रसरको काम गरिरहेको रहेछ’,समितिका प्रमुख नेपालीले भने,‘ अहिले उद्योगलाई कानूनी दायरमा आउन निर्देशन दिएका छौँ, कानूनी दायरामा नआए थप कारवाही गरिन्छ ।’

33100520_2489994824565266_9012393562418970624_n

उद्योगले साइनवोर्ड नराखेको,ढुङगाजन्यवस्तुको खरिद मुल्य नराखेको,विक्रि मुल्य व्यवस्थीत नगरेको अनुगमणका क्रममा पाइएको अनुगमण समितिका अर्का सदस्य जक्तबहादुर बस्नेतले वताए । त्यसका साथै गैरकानूनी रुपमा सञ्चालन भएका क्रममा उद्योगहरुलाई कानूनी दायर ल्याएरै छोड्ने नेपालीले बताए । ‘राज्यको नीति नियम विपरित गएर सञ्चालन हुने अधिकार कुनै पनि उद्योगलाई छैन’ प्रमुख नेपालीले भने ।

उद्योगका प्रतिनिधिले भने उद्योगका बारेमा केही बोल्न चाहेनन् । ‘तपाईहरु आएर उद्योगको अवस्था देखिसक्नु भएको छ,मैले केही भन्नु पर्छ झै लाग्दैन’,उद्योगका प्रतिनिधि भेषराज पाण्डेयले भने,‘हाम्रो मात्र उद्योग हैन,यहाँका सवै उद्योगहरु बासिङमा दर्ता भएर क्रसरको काम गरिरहेका छन ।’ त्यस्तै टोलीले मध्यपुरकै राप्ती नदिमा भईरहेको नदिजन्यवस्तुको उत्खनन्को समेत अनुगमण गरेको छ । अनुगमणका क्रममा क्रसर उद्योगका सञ्चालकहरुले मनोमानी रुपमा उत्खनन् गरेको पाइएकाले व्यवस्थीत रुपमा नदिजन्यवस्तुको उत्खनन् गर्न निर्देशन दिएको छ । नियम संगत रुपमा नदिजन्य वस्तुको उत्खनन् नभए बन्द गरिने प्रमुख नेपालीले वताए । अनुगमण टोलीले जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत,जिल्ला प्राविधिक कार्यालयका इन्जीनियर बिवस बस्नेतलगाएतको सहभागिता थियो ।

33089725_2489994751231940_5855537491133595648_n

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको नेतृत्वको टोलीले पश्चिम दाङका दुई उद्योगहरुको अनुगमण गरेको छ । अनुगमणका क्रममा क्रसर उद्योगहरुमा खरिदभन्दा बढि नदिजन्यबस्तुको ओभरस्टक भेटिएको छ । उप्रमुख पौडेलका अनुसार पश्चिम दाङको बालापुरमा रहेको एक उद्योगमा खरिद भन्दा दोव्वर नदिजन्यवस्तु भेटिएको बताए । उक्त क्रसर उद्योगले २८ हजार घनमिटर नदिजन्यवस्तुको खरिद गरेको बिलमा देखिएपनि उद्योगमा स्टक गरेको नदिजन्यवस्तुको परिणाम दोव्वर ५६ हजार घनमिटर भेटिएकाले तत्काल खरिद बिल देखाउन निर्देशन दिएको बताए ।

देखाउन नसके उद्योगलाई कारवार्ही हुने समेत उनले बताए । त्यस्तै संक्राम खोलामा रहेको क्रसर उद्योगमा समेत भेटिएको छ । उद्योगले ८ हजार घनमिटर नदिजन्यवस्तुको खरिद गरेपनि उद्योगमा १२ हजारभन्दा बढि ओभरस्टक भेदिएको छ । खरिदका तुलनामा चार हजार घनमिटर बढि नदिजन्य बस्तु भएको शर्माले वताए । त्यसैगरेर अनुगमन टोलीले आइतवार न्यु राप्ती क्रसर उद्योगका पनि अनुगमन गरेको थियो । अनुगमनमा उद्योगले खरिद विल भन्दा धेरै कच्चा पदार्थ स्टोर गरेर राखेको फेला परेको अनुगमन टोलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*