Home / मनोरञ्जन / ‘सोझो थारु’ सिरियल प्रशारण

‘सोझो थारु’ सिरियल प्रशारण

दाङ,८ जेठ । ब्राहमण समुदायका मानिसहरुले थारु समुदायका मानिसहरुलाई गर्ने व्यवहारलाई समेटेर सोझो थारु वेव सिरियलको निर्माण गरिएको । सिरियललाई यहि जेठको पहिलो सोमवारदेखि प्रशारण सुरु गरिएको छ ।

एओन मुभि मेर्कस प्रा.लि.को व्यानरमा निर्माण गरिएको सिरियलमा केही बर्ष पहिलेसम्म ब्राह्मण समुदायका मानिसहरुद्धारा थारु समुदायका मानिसहरुलाई गरिने तल्लो स्तरको व्यवहार, मायाप्रेम, श्रीमान–श्रीमति विचमा विवाद हुदा घरमा पर्ने असरसँगै पछिल्लो पुस्ताको युवाहरुको चाहनालाई समेटेर वेव सिरियल ‘सोझो थारु’ निर्माण गरिएको सिरियलका निर्देशक अमृतमान वलीले जानकारी दिए ।

सिरियलमा सोझो थारुको भुमिका कलाकार बिरु चौधरीले निभाएका छन भने उनको श्रीमतिको रुपमा सपना न्यौपानेको भुमिका रहेको निर्देशक वलीले जानकारी दिए ।
त्यसँगै सिरियलमा सुशान्त मल्ल, झग्गु भण्डारी, रामप्रसाद भुसाल, बसन्त बुढाथोकी, संसार कार्की,सुशील भुसाललगाएतका कलाकारहरुको अभिनय रहेको छ । सिरियलमा प्रत्यक्ष आवाज घनश्याम घिमिरे, पृष्टभुमी संगीत जीवन बुढाथोकीको रहेको ।

सिरियल सोझो थारु प्रत्यक साताको सोमवार एओन टेलिभिजनको युटुभ च्यानलवाट प्रशारण हुने निर्देशक वलीले जानकारी दिएका छन । सिरियलको कथा ÷पटकथा÷छायाँकन ÷सम्पादन र निर्देशक अमृतमान वलीको रहेको छ । सिरियलको दाङको विभिन्न स्थानमा सुटिङ गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*