Home / Feature Breaking news / नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

नवलपरासी,२३ जेठ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । कँडेलका अनुसार गोली भने कसैलाई लागेको छैन ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*