Home / Feature Breaking news / जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गने हुने

जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गने हुने

दाङ, २३ जेठ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ २९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेष्ठ २९ गते विहान १० देखि ३ वजेसम्म निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचनका लागि प्रक्रिया अगाडि वढेको छ । दाङ जिल्ला समन्वय समितिको जिल्ला सभा सम्पन्न भएको छ । सभाका सदस्य मध्य जेष्ठ सदस्य लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सभा बसेको थियो । सभाले ९ सदस्यीय समिति बनाउने निर्णय गरेको जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले जानकारी दिए । जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

जिल्लामा २ उपमहानगरपालिका, १ नगर पालिका र ७ गाउपालिका गरेर १० वटा स्थानीयतहहरु रहेका छन् । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको एकल वहुमत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*