दाङ,१० साउन । ठेकेदारको लापरवार्हीका कारण दाङमा डेढ बर्षमा निर्माण हुनुपर्ने पक्की पुल पाँच बर्ष वितिसक्दा समेत निर्माण हुन सकेको छैन् । घोराही–तुलसीपुर सडकखण्डमा अन्तर्गत पत्रे खोलामा पक्की पुल निर्माणको काम विगत पाँच बर्षदेखि अलपत्र अवस्थामा छ ।
४० मिटर लम्वाई रहेको पुल एक बर्ष आठ महिना वितिसक्दा समेत आधा काम समेत हुन सकेको छैन । डेढ बर्षमा पुल निर्माण गरिसक्ने गरि शंकरमाली निर्माण सेवासँग डिभिजन सडक कार्यालय घोराहीले २०७१ भदौ ११ गते सम्झौता गरेको थियो । तर सम्झौता मितिमा पुल निर्माण हुन नसकेपछि निर्माण पक्षको माग अनुसार कार्यालयले एक बर्षलाई २०७४ भदौ ९ गतेसम्मका लागि म्याद थप गरेको थियो । तर म्याद थप गरेको समय वितेको लामोसमय भैसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।
सम्झौता भएको लामोसमय वितिसक्दा समेत पुल निर्माणमा सन्तोष जनक काम भएको छैन । निर्माण पक्षको चरमलापरवार्हीका कारण पाँच बर्षको अवधिमा दुई वटा पिलर आधा भाग मात्र उठाउने काम गरेको छ । पुल निर्माणको कार्यमा ढिलाई भएपछि डिभिजन सडक कार्यालयले निर्माण पक्षलाई काम गर्न निर्देशन दिएपनि निर्माण पक्षको अटेरीका कारण काम हुन सकेको छैन ।
निर्माण पक्षले पाँच बर्षको अवधिमा करिव ४० प्रतिशत जति काम गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी लिलाबहादुर भण्डारीले बताए । ‘पुल निर्माणमा निर्माण पक्षको चरम लापरवाही गरेको छ’,सूचना अधिकारी भण्डारीले भने,‘निर्माण पक्षको लापरवार्हीका कारण १८ महिनामा बन्नुपर्ने पुल पाँच बर्ष वितिसक्दा समेत सम्पन्न हुन सकेको छैन ।’ सुरुमा नाकाबन्दी र पुलको रिभाईस डिजाइन चेन्जको कारण देखाउँदै पुल निर्माण ढिलाई गरेको निर्माण पक्ष पछिल्लो समय करिव एक बर्षदेखि सम्पर्क विहिन बनेको छ । ‘पुल निर्माणमा ढिलाई हुनुको कारण सोध्दै कार्यालयले दश पटक भन्दा बढि पटक निर्माण पक्षलाई पत्र काटेको छ’,सूचना अधिकारी भण्डारीले भने,‘तर निर्माण पक्ष सम्पर्कमा आएको छैन ।’ निर्माण पक्ष नै सम्पर्कमा नआउँदा कार्यालयलाई समस्या भएको छ ।
ठेकेदारको लापरवार्हीका कारण आर्थिक बर्ष २०७५÷०७६ मा पुल निर्माणको काम हुन नसकेको कार्यालयले जनाएको छ । निर्माण पक्षले पुलको काम लामो समयदेखि नगरेको र गर्नलाई अग्रसरता समेन नदेखाएपछि कार्यालय ठेक्का सम्झौता तोड्ने पक्षमा पुगेको छ । ‘अहिलेको ठेकेदारवाट पुल निर्माणको काम हुने सम्भाबना छैन’,इन्जिनियर भण्डारीले भने,‘त्यसैले यो बर्ष सम्झौता तोडेर नयाँ पुल निर्माणको कामलाई अघि बढाउने योजनामा रहेको छौँ ।’ ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जान समस्या रहेपनि कार्यालय बाध्यात्मक अवस्थामा पुगेको समेत भण्डारीले बताए । घोराही तुलसीपुर र घोराही लमही खण्डमा पर्ने अन्य खोलामा पुल निर्माणको काम भैराखेको छ । बबइ, कटुवा खोलामा पुल निर्माणको काम झण्डै पुरा भएको छ । गुर्जे खोलामा पनि पुलको काम अन्तिम तयारीमा छ । ग्वार खोलामा भने आधामा बढि काम पुरा भएको छ । त्यसैगरेर सिस्ने खोलामा पनि पुलको काम सुरु भएको छ । खोलाहरुमा पुलको काम पुरा नहुदा वर्षाकोसमयमा यातायाता समस्या देखा परेको छ ।
३५ लाख हर्जना
पुल निर्माणमा ढिलाई गरेपछि गतआर्थिक बर्षमा कार्यालयले निर्माणलाई ३५ लाख हर्जना गरेको छ । पुल निर्माणको काममा ढिलाई गरेको भन्दै आर्थिक बर्ष २०७५ ्र०७६ मा पुल निर्माणको ठेक्का लिएको शंकर माली निर्माण सेवालाई ३५ लाख रकम धरौटी बाफतको जफत गरेको कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।