Home / Feature Breaking news / पाँच नम्बर प्रदेशको विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

पाँच नम्बर प्रदेशको विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

दाङ, ११ भदौ
प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा  गुल्मीवाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चएन हुनुभएको छ ।

सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।

जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।

आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराउनु भएको थियो ।

श्रेष्ठ नेकपाबाट उमेद्वार बनेर विजयी बन्नुभएको हो । समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*