Home / Feature Breaking news / जाल्पा सामुदायिक घोराही शाखा केन्द्र प्रमुख समीक्षा गोष्ठी

जाल्पा सामुदायिक घोराही शाखा केन्द्र प्रमुख समीक्षा गोष्ठी

घोराही, १६ बैशाख
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको शाखा स्तरिय केन्द्र प्रमुखहरुको समीक्षा गोष्ठी घोराहीमा सम्पन्न भएको छ । घोराही शाखाका केन्द्र प्रमुहरुको समीक्षा गोष्ठी विहीवार घोराहीमा सम्पन्न भएको हो । शाखाका २ सय ४४ वटा केन्द्रका प्रमुखअरुको सहभागितामा गोष्ठी भएको हो । कार्यक्रममा केन्द्रले गरेका कार्यहरुको प्रस्तुतिकरण र समीक्षा गरिएको थियो ।

केन्द्र नम्बर ९४ का प्रमुख निर्मला डाँगीको अध्यक्षता र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक बिमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रमा एक वर्षसम्म भएका कार्यक्रमहरुको बारेमा छलफल गरिउको थियो ।

उद्यम विकास अधिकृत सरद चौधरीले घोराही शाखा अन्तरगत भएको उद्यम विकास कार्यक्रमबारे जानकार गराउनुभएको थियो भने वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण गरिएको थियो । गोष्ठीमा उत्कृष्ट ऋणी सदस्य घोषणा, सदस्यहरुको सफलताको बारमा प्रस्तुतिरकण र पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रममा उत्कृष्ट केन्द्रहरु अम्बीकेश्वरी केन्द्र जाल्पा सामुदायिक लघुवित्त निमालहल रोड, रमाईलो केन्द्र जाल्पा सामुदायिक लघुवित्त डाँडागाँउ र आश्था जाल्पा सामुदायिक लघुवित्त डुम्मबरगाँउलाई पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट व्यवसायमुखी सदस्यहरु भगवति पुन मगर, धनसरी घर्ति, मनिषा बिक, उत्कृष्ट केन्द्र प्रमुख निर्मला डाँगी श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा केन्द्र प्रमुखहरुले लघुवित्तमा आवद्ध भएपछिको सफलताकाृ कथा प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायमा लघुवित्त कार्यक्रम सुरु भएपछि महिलाहरु आर्थिक र सामािजक रुपमा सक्षम भएको बताएका थिए । उनीहरुले लघुवित्त संस्थाहरुबाट ग्रामीण क्षेत्रका महिलाहरु बिना धितो पाँच लाखसम्म लगानी, ग्रामीण कर्जा बिमा र पशु बिमा सुविधा, ग्रामीण कर्जा बिमा, महिलाहरुको स्वास्थ्य सुविधा, शिक्षा, स्वास्थ्य लगायतका सेवाले आफूहरुलाई सहज बनाएको केन्द्र प्रमुखहरुको भनाई थियो ।

कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका बरिष्ठ मुख्य व्यवस्थापक शारदा शर्मा, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख कल्पना कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था घोराही शाखाका वरिष्ठ सहायक चन्दा डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको गोष्ठीका सहजिकण शाखा प्रमुख माधवा रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*