Home / Feature Breaking news / मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी

मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी

दाङ,२३ पुस । घोराहीमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह बिजयी भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याव्सन) दाङको २९ औं स्थापना दिवसका अवसरमा बुधवार घोराहीको भरतपुर मैदानमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ३ का विरुद्ध ५ गोल गर्दै पत्रकारको समूह बिजयी भएको हो ।

ss

पत्रकार समूहको बिजयीका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, सुलस चौधरी, सुशल चौधरी र सुधिर चौधरीले समान १–१ गोल गरेका थिए । प्याव्सनका तर्फबाट सुशील घर्तिमगर, मोहन स्वर्णकार र उत्तम ज्ञवालीले समान १–१ गोल गरेका थिए । कडा प्रतिष्प्रधात्मक खेलमा पत्रकार समूहले एक उपहार गोल प्राप्त गरेको थियो । खेलको पहिलो हाफको अन्त्यतिर प्याव्सनका खेलाडी तीर्थराज आचार्यले आत्मघाती गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*