Home / Feature Breaking news / हरिद्धार सहरी स्वास्थ्य केन्द्रमा लाइन नहुदा समस्या

हरिद्धार सहरी स्वास्थ्य केन्द्रमा लाइन नहुदा समस्या

दाङ,२२ असोज । घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको हरिद्धार सहरी स्वास्थ्य केन्द्रमा विद्युत नहुदा विरामीलाई सेवा प्रदान गर्न समस्या भएको छ । विद्युत नहुदा चोटपटक, घाउँ, खटिरा सफा गर्ने औजारलाई किटानु रहित बनाउ समस्या रहेको हरिद्धार सहरी स्वास्थ्य केन्द्रकी अहेव देवा योगीले जानकारी दिइन ।

सहरी स्वास्थ्य केन्द्रमा दैनिक सामान्य विरामीसहित रुघाँखोकी, ज्योरो,झाडापखाला,ब्लड प्रेसर,,चोटपटक,घाउँ खटिरा लागेका विरामी आउने गरेका छन । बिरामी दैनिक ३० देखि ४० जनासम्म आउने गरेपनि केन्द्रमा विद्युत जडान नहुदा घाउँसफा गर्ने उपकरण सफा गर्न समस्या हुने गरेको योगीले बताइन । विद्युत नहुदा ग्याँस चुलोमा पानी तताएर घाँउ सफा गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा विरामीहरुको चेकजाँच तथा औषधी वितरणमा समस्या भएको सहरी स्वास्थ्य केन्द्रले जनाएको छ ।

त्यस्तै गत भदौ महिनामा स्थापना भएको केन्द्रा जनशक्तिको कमी हुदा विरामीहरुलाई सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ । सहरी स्वास्थ्य केन्द्रमा १ जना अहेव,एक जना नर्स र एक जना कार्यालय सहयोगीको दरवन्दीको व्यवस्था रहेपनि अहिले आफु मात्र रहेका योगीले बताइन । उनको अनुसार सहरी स्वास्थ्य केन्द्र जाने सडक ग्राभेल नहुदा पानी परेको समयमा विरामीलाई आउन जान समेत समस्या हुने गरेको छ । सहरी स्वास्थ्य केन्द्रमा सामन्य विरामीहरुको नियमित चेकजाच तथा प्रत्येक महिनाको ११ गते बच्चाहरुलाई खोप सेवा दिदै आएको छ । केन्द्रमा वडाका घनिबगिया, भैसाही, बगर्दी, हरिद्धार, चौघेरा, गुठीगाउँ, घर्तिडाँडालगायतका स्थानवाट विरामीहरु आउने गरेका छन ।
अहेव योगीले सहरी स्वास्थ्य केन्द्र सञ्चालनका लागि सहयोग गर्ने सहयोगीदाताहरुलाई धन्यावाद ज्ञापन गरेकी छिन । सहरी स्वास्थ्य केन्द्र सञ्चालनकालागि बसन्त रेग्मीले एक थान स्टील दराज, चौघेरा भु्.पु इकाई कमिटी २ थान स्टील दराज, ५÷५ सय पिस इटा सहयोग गर्ने गोकर्ण घर्ति,खगेन्द्र पुन, बिजय चौधरीद्धारा एक कार्टुन औषधी,लालबहादुर विकद्धारा १० पिस पर्दा,अर्जुन योगीद्धारा १ थान टेव,मोहनचन्द्र योगीद्धारा ग्यास सिलेन्डर र ग्याँस चुलो एक सेट सहयोग गरेका छन ।

त्यस्तै तिलादेवी योगीद्धारा १ थान फिल्टर, श्री सैनी हार्डवयरद्धारा खानेपानी पाइप धारा टुटी,सुदन थापाद्धारा एक सय पिस इटा,ममिना खातुनद्धारा ३० पिस इटा,कैलास योगीद्धारा एक थान ढोका,टोपबहादुर नेपालीद्धारा कैची र सिरानी १÷१ थान, मनबहादुर खत्रीद्धारा फुललाई मल,देवेन्द्र कुसुमा जिंएमद्धारा १ थान टेवल,रेणु श्रेष्ठद्धारा २ वटा बाटा,२ वटा डस्टवीन र १ वटा बाल्टी सहयोग गरेको योगीले जानकारी दिइन । त्यस्तै सहरी स्वास्थ्य केन्द्रमा सहयोग नहुदा १७ नं. वडाका विभिन्न टोल विकास सस्थाहरुले सहरी स्वास्थ्य केन्द्रको सरसफाई गर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*