Home / Feature Breaking news / बैतडीबाट कांग्रेसले पनि जितको खाता खोल्यो

बैतडीबाट कांग्रेसले पनि जितको खाता खोल्यो

बैतडी,१४ मंसिर । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराए । निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दौ कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी उम्मेदवार गजेन्द्रबहादुरले २१९ मत ल्याएका छन् ।
६१९ मतदाता रहेको सो वडामा ४३८ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*