Home / Feature Breaking news / रोल्पाको थबाङ–१ मा नेकपाका जनक बुढा विजयी

रोल्पाको थबाङ–१ मा नेकपाका जनक बुढा विजयी

रोल्पा,१४ मंसिर । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका छन।

उनले १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गरेका थिए ।
२ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको छ ।

आज भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । १ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*