Home / Feature Breaking news / एसईई नतिजा : कति विद्यार्थीले कुन ग्रेड ल्याए ?

एसईई नतिजा : कति विद्यार्थीले कुन ग्रेड ल्याए ?

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

आज सार्वजनिक नतिजाअनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । ३.६० भन्दा माथि ल्याउनेको संख्या ४१ हजार ६२७, ३.२० भन्दा बढी ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ ।

यसैगरी २.८० भन्दा माथि ल्याउनेको संख्या ९० हजार ७५८, २.४० भन्दा माथि ल्याउनेको संख्या एक लाख १३ हनार ७३३, २ जीपीए ल्याउनेको संख्या एक लाख ५९४ रहेको छ । यस्तै, १.६० भन्दा माथि ल्याउनेका संख्या ४४ हजार ५८६, १.२० भन्दा माथि ल्याउनेको संख्या तीनहजार २८० रहेको छ ।

परीक्षामा दुई लाख ४७ हजार ८१९ जना छात्रा, दुई लाख ४७ हजार ९०६ जना छात्र र २६ जना अन्य विद्यार्थी उत्तीर्ण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*