Home / Feature Breaking news / नेपाली कांग्रेस २ ‘क’ ले कांग्रेस र जनप्रनितीधीबीच अन्तरक्रिया गर्ने

नेपाली कांग्रेस २ ‘क’ ले कांग्रेस र जनप्रनितीधीबीच अन्तरक्रिया गर्ने

घोराही, ११ साउन

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) ले स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनीधी र नेपाली कांग्रेसका अग्रज नेताहरुबीच अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

प्रदेश सभा क्षेत्रको बुधवार घोराहीमा बसेको बैठकले नेपाली कांग्रेसका अग्रज नेताहरु र जनप्रतिनीधीहरुबिच घोराही उपमहानगरपालिका र बंगलाचुली गाँउपालिकामा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिकामा यही साउन २५ गते र बंगलाचुली गाँउपालिकामा साउन २८ गते कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिमा मनोनित काेषाध्यक्ष नारायण भण्डारी सहित सदस्य, आमन्त्रित सदस्य र क्षेत्रीय प्रतिनीधी एवं घोराही खानेपानी उपभोक्त तथा सरसफाई संस्थाकाे कोषाध्यक्षमा बिजयी कार्यसमिति सदस्य धुब्र के.सी र सदस्यमा बिजयी कार्यसमिति सदस्य यशोदा पाण्डेलाई स्वागत सम्मान गरिएको थियो ।

बैठकले आगामी महिनाको घुम्ती बैठक भदौ ११ गते घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा बस्ने निर्णय गरेको सचिव माया पोख्रेलले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेस लुम्बीनी प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्ने वक्ताहरुले अघिल्लो निर्वाचनमा भएको कमीकमजोरीलाई सच्याउदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*