Home / Feature Breaking news / दाङमा शेरबहादुर देउवा, कृष्णबहादुर महरा र शंकर पोख्रेलको पुत्ला जलाईयो

दाङमा शेरबहादुर देउवा, कृष्णबहादुर महरा र शंकर पोख्रेलको पुत्ला जलाईयो

घोराही, ५ माघ
प्रदेश नम्बर ५ को राजधानी दाङलाई नबनाएर रुपन्देहीलाई बनाईएको विरोधमा आह्वान गरिएको अनिश्चीतकालिन आम हड्तालको चौथो दिनसम्म पनि आन्दोलनमा सहभागि नभएको भन्दै दाङमा प्रधानमन्त्री सहित जनप्रतिनीधीहरुको पुत्ला दहन गरिएको छ ।

आमहड्तालको चौथो दिनसम्म पनि जनप्रतिनीधीहरु सडकमा आएर दंगालीहरुलाई साथ नदिएको भन्दै माओवादी केन्द्रका नेता एवं दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधी सभा सदस्य कृष्णबहादुर महरा र नेकपा एमालेका नेता एवं निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश २ का सदस्य शंकर पोख्रेलको पुत्ला दहन गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दाङलाई राजधानी नबनाएको भन्दै विहीवारेदेखी जिल्लाका विभिन्न स्थानमा देउवाको पुत्ला दहन गरिरहेका छन् । शुक्रवार घोराहीमा प्रधानमन्त्री देउवासँगै महरा र पोख्रेलको पनि पुत्ला दहन गरिएको हो ।

पोख्रेलको वुधवार तुलसीपुर उपमहानगरपालिकाको डुरुवामा पुत्ला दहन गरिएको थियो भने महराको दाङमा पहिलो पटक पुत्ला दहन गरिएको हो ।

प्राविधीक टोलीले दाङलाई दाङलाई राजधानीलाई उपयुक्त भनेर तयार पारेको प्रतिवेदन एवं हरेक दृष्टीले दाङलाई राजधानीकालागि उपयुक्त हुदाहुदै पनि सरकारले एकलौटी रुपमा रुपन्देहीलाई राजधानी बनाएको भन्दै आक्रोशीत दंगालीहरुले राजधानीकालागि पहल गर्न नसक्ने र आमहड्तालको चौथो दिनसम्म पनि दाङबासीहरुलाई साथ दिनकालागि नआएको भन्दै महरा र पोख्रेलको पुत्ला दहन गरिएको नेविसंघका नेता तिलक रावतले बताए ।

राजधानी बनाउने नारा लगाउदै निर्वाचनमा मत मागेका प्रतिनीधीहरुलाई आफूहरुको मतले विजयी भएर गएपनि दाङ राजधानी बनाउन नसकेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । राजधानीकालागि पहल पनि गर्न नसक्ने र जनतासँग सडकमा पनि नआउने जनप्रतिनीधीहरुको पुत्ला जलाइएको अर्का नेता लेखनाथ बुढाथोकीले जानकारी दिए ।

दाङ प्रादेशीक राजधानी संयुक्त संघर्ष समितिको अगुवाईमा भईरहेको आमहड्तालको चौथो दिन शुक्रवार दाङका सबै सरकारी कार्यालयहरु बन्द रहेका छन् । कार्यालय बन्द गरेर कर्मचारीहरु प्नि आन्दोलनमा सहभागी भएका छन् ।

राजधानीको माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण जिल्लाको जनजिवन ठप्प रहेको छ । पूर्व पश्चीम राजमार्गमा यातायातका साथ चलन सकेका छैनन् । राजमार्गमा आन्दोलनकारीहरु सडकमै बसेर यातायात आवतजावत बन्द गरेका छन् ।

जिल्लाका घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुबाङ, अमेलिया, विजौरी, गढवा लगायतका बजारहरु पूर्ण रुपमा ठप्प रहेका छन् । जिल्लाको तुलसीपुर, घोराही र लमहीमा प्रदर्शन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*