Home / Feature Breaking news / दाङका सरकारी कार्यालय बन्द, कर्मचारी आन्दोलनमा

दाङका सरकारी कार्यालय बन्द, कर्मचारी आन्दोलनमा

घोराही, ५ माघ
प्रदेश नम्बर ५ को राजधानी दाङलाई नबनाएर रुपन्देहीलाई बनाईएकोमा विरुध स्वरुप चारदिनदेखी जारी आमहड्ताल अन्तरगत आज सरकारी कार्यालय बन्द रहेका छन् ।

दाङ प्रादेशीक राजधानी संयुक्त संघर्ष समितिको अगुवाईमा भईरहेको आमहड्तालको चौथो दिन आज सबै सरकारी कार्यालयहरुमा कामकाज ठप्प भएको छ । कार्यालय बन्द गरेर कर्मचारीहरु प्नि आन्दोलनमा सहभागी भएका छन् ।

प्रदेशको राष्ट्रिय सभा निर्वाचनकालागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पनि आन्दोलनकारीहरुले नाराबाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, दाङ देउखुरी जिल्ला अदालत, जिल्ला हुलाक कार्यालय, कृषी कार्यालय, विद्युत कार्यालय, घोराही उपमहानगरपालिकामा पुगेर नाराबाजीसहित धर्ना दिएर चर्को नाराबाजी गरेपछि कर्मचारी एवं स्थानीय तहका जनप्रतिनीधीहरु आन्दोलनमा सहभागी भएका छन् ।

राजधानीको माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण जिल्लाको जनजिवन ठप्प रहेको छ । पूर्व पश्चीम राजमार्गमा पनि यातायात बन्द रहेको छ । राजमार्गमा आन्दोलनकारीहरु सडकमै बसेर यातायात आवतजावत बन्द गरेका छन् ।

जिल्लाका घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुबाङ, अमेलिया, विजौरी, गढवा लगायतका बजारहरु पूर्ण रुपमा ठप्प रहेका छन् । जिल्लाको तुलसीपुर, घोराही र लमहीमा पर्दशन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*