Home / Feature Breaking news / सीके राउतसँगको सहमति राष्ट्रिय अखण्डतामाथिको प्रहारः नेता पौडेल
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

सीके राउतसँगको सहमति राष्ट्रिय अखण्डतामाथिको प्रहारः नेता पौडेल

बुटवल, २८ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेलले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको टिप्पणी गरेका छन् । सम्झौतामाथि अनेक प्रश्न उठिरहेका बेला नेता पौडेलले सरकारको नियतमाथि नै प्रश्न उठाए ।

‘सरकारले सिके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व छ’, प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘सिकेसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको छ ।’

पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि नेता पौडेलले आलोचना गरे । ‘प्रधानमन्त्रीले पृथकतावादी आन्दोलन सकियो भन्नु दुश्प्रचार हो’, नेता पौडेलले भने ।

कार्यक्रममा उनले सरकारको मूल्यांकन गर्न पनि भ्याए । सुनकाण्डदेखि चिनी काण्डसम्मका उदाहरण प्रस्तुत गर्दै उनले यसलाई भ्रष्टाचार मौलाएको प्रमाणका रुपमा प्रस्तुत गरे ।

विप्लव नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले अबिलम्ब वार्तामा बोलाउन माग गरे । ‘सर्पको खुट्टा सर्पले देख्छ, अबिलम्ब विप्लवजीसँग वार्ता गरे ।’
कांग्रेसमा विद्यमान गुटगत राजनीतिप्रति चिन्ता व्यक्त गर्दै उनले त्इसबाट माथि उठ्न सबैलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*