Home / Feature Breaking news / आठ स्मार्ट गाउँलाई चार करोड बजेट

आठ स्मार्ट गाउँलाई चार करोड बजेट

दाङ,२८ फागुन । प्रदेश सरकारले दाङ र प्युठान जिल्लाका ८ स्मार्ट गाउँका लागि चार करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको उद्देश्य अनुसार यसबर्षदेखि सुरुभएको कार्यक्रम अन्तर्गत दाङमा ६ र प्युठानमा २ वटा स्मार्ट गाउँ बनाउन थालिएको कृषि ज्ञान केन्द्र घोराहीले जानकारी दिएको छ ।

कृषि व्यवसायका माध्यमबाट कृषकको आयस्तरवृद्धि गर्ने उद्देश्यले प्रदेश सरकार भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको एक सभासद् एक स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरेको छ । त्यसको लागि चालु आर्थिक वर्षमा एउटा स्मार्ट गाउँका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकारको यो कार्यक्रम अन्तरगत दाङमा निर्वाचन क्षेत्र नं. १ (क) अन्तर्गत गढवा गाउपालिका–२ घुस्रा र १ (ख) अन्तर्गत लमही नगरपालिका–९ हर्दवा, निर्वाचत क्षेत्र नं. २ (क) को बंगलाचुली गाउँपालिका–६ रिभान टोल र २ (ख) अन्तर्गत घोराही उपमहानगरपालिका–८ र १० स्यानीगाउँ–घोवघाट पोखरी क्षेत्रलाई स्मार्ट कृषि गाउँका रुपमा बिकास गरिने भएको छ । त्यी क्षेत्रहरुमा तरकारी खेती, बाख्रापालन, कागती खेती, बसन्ते मकै खेती गरिने भएको केन्द्रका प्रमुख बस्नेतले जानकारी दिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ (क) अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडवरा–मटेरा गाउँ र २ (ख) अन्तर्गत शान्तिनगर गाउपालिका–७ अन्तर्गत बुढाडावर–दुवीचौर रहेका छन । जसअन्तर्गत क र ख मा तरकारी खेती–बसन्ते मकै खेती गरिने भएको छ ।

त्यस्तै प्युठान जिल्ला निर्वाचन क्षेत्र नं. १ (क) सरुमारानी गापा–१ ओङलेनी र १ (ख) प्यठान नगरपालिका–९ मरन्ठाना–बुढादेवी गाउँलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्न थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दाङवाट प्रत्यक्ष निर्वाचित ६ जना र प्युठानमा २ जना प्रत्यक्ष निर्वाचित प्रदेश सांसदहरु रहेका छन । उनीहरुलाई आफनो निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँका लागि ५० लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था अनुसार यसबर्षदेखि स्मार्ट कृषि गाउँको कार्यक्रम लागु भएको कृषि ज्ञान केन्द्रका प्रमुख बस्नेतले बताए ।

कार्यक्रमले एउटा गाउँमा ५० विगाह जमिनलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने भएको छ । जसमा कम्तीमा पनि ५० घरपरिवारहरुको सहभागिता रहने भएको छ । कृषि व्यवसायको प्रवद्र्धन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार यस कार्यक्रम अनुसार कृषिमा प्रवृद्धिको प्रयोग बढाउन कृषकहरुलाई तालिम, अध्ययन अवलोकन भ्रमण, कृषि औजारमा सहयोग, क्षमताअभिवृद्धिको लागि तालिमसँगै उत्पादन बस्तुको बजारीकरण गर्न सहजीकरण गरिने कृषि ज्ञान केन्द्रका प्रमुख बस्नेतले बताए ।

प्रदेश मन्त्रालयको निर्देशन अनुसार गाउँको छनोट गरेर काम थालिएको समेत उनले बताए । त्यस्तै कार्यालयले स्मार्ट कृषि गाउँमा सिचाई सुविधा, मेसेनरी सामाग्रीसँगै व्यवसाय अनुकुल कषकहरुलाई परामर्श दिनेलगायतका कार्यक्रमहरु रहेको बस्नेतले गोरक्षलाई जानकारी दिए । सवै दृष्टिले स्माट कृषि गाउँमा कृषि उत्पादन बढाउन प्रविधिको प्रयोग, उत्पादित सामग्रीको बजारीकरण, सिचाई, बिउ बिजन लगायतमा सरकारले कृषकहरुलाई सहयोग गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*