Home / Feature Breaking news / घोराही महोत्सवमा आज हाउडेमायाको प्रस्तुति हुने

घोराही महोत्सवमा आज हाउडेमायाको प्रस्तुति हुने

घोराही, ४ फागुन

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा आज गायिका सिर्जना खत्री (हाउडेमाया) को प्रस्तुति रहने भएको छ ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा आज सोमवार युवाहरुमाझ लोकप्रीय गायिका खत्रीको प्रस्तुति रहने छ । खत्रीको मेरो एक्सको छम्मा बोलको गीत सर्वाधिक पपुलर छ ।

यूट्यूबमा १ करोड ३७ लाख ७२ हजार भन्दा धेरै पटक हेरिएको यो गीत युवाहरुमात्र लोकप्रीय छ । यो सँगै उहाँको शिकारी नारी, हाउडे माया, लाहुरे माया लगायतका गीतहरु लोकप्रीय छन् ।

नेपाली सांगितिक क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल गायिका हाडेमायाको स्टेच प्रस्तुति पनि उत्कृष्ट रहने गर्दछ ।

सोमवार खत्रीसँगै गायक खुमन अधिकारी, गायिका भूमीका गिरी लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको टिक व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*