लमही, २१ साउन
लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले स्थानीय तहको विकाशमा सचारमाध्यमको भूमिका अहम् हुने बताउनुभएको छ । नेपाल पत्रकार महासघ दाङको आयोजनामा लमही नगरपालिकाका प्रमुख तथा उपप्रमुख लगायत जनप्रतिनीधीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै केसीले यस्तो बताउनुभएको हो ।
लामो समय पछि सम्पन्न स्थानिय तहको निर्वाचनबाट जनताले विकाशको ठुलो आश गरेकोले गाँउकोे विकाशकालागी सञ्चारको विकाश अपरिहार्य रहेको बताउनुभयो । केसीले सञ्चार क्षत्रेको विकाशको लागी नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहको अध्यक्षता तथा नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य र उप–प्रमुख देवका बेल्वासेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बेल्बासेले स्थानिय तहलाई बलियो बनाउन सचारमाध्यम बलियो हुनुपर्ने धारणा राख्नुभयो ।
महासघका प्रदेश पार्षद चुमा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासघका सदस्यहरु निम बहादुर थापा र राधेश्याम गुप्ता लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदेश पार्षद दशरथ घिमिरेले गर्नुभएको थियो ।
