Home / Feature Breaking news / महिला जेसीजद्धारा जनप्रतिनीधीहरुलाई स्वागत सम्मान

महिला जेसीजद्धारा जनप्रतिनीधीहरुलाई स्वागत सम्मान

घोराही, २१ साउन
दाङ महिला जेसिजले जनप्रतिनीधीहरुलाई स्वागत सम्मान गरेको छ । दाङ महिला जेसिजका अध्यक्ष निरजा पोख्रेलको अध्यक्षता एंव घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य तथा घोराही उपमहानगर पालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

2संस्थाका उपाध्यक्ष एंव कार्यक्रम संयोजक मंगला राणाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाको प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगर पालिका वडा नं १५ का अध्यक्ष रमेश पाण्डेय, त्रिभुवननगर जेसिजका पुर्व अध्यक्ष तथा घोराही उपमहानगरपालिकाका वडा नंम्बर १५ का सदस्य सनतकुमार श्रेष्ठ, सदस्य दिलिप डि.सी, महिला सदस्य कृष्णा राना, दलित महिला सदस्य दुर्गा नेपाली, घोराही उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य केशवराज वि.सी.लाई स्वागत तथा सम्मान गरिएको थियो ।

त्यस अवसरमा बोल्ने वक्ताहरुले सामाजिक संस्था महिला जेसीजले महिलाको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउदै स्थानीय तहहरुसँगको समन्वयमा सामाजिक काम गर्न सुझाव दिएका थिए ।
यसैबीत दाङ महिला जेसिजले आज संञ्चालन गरेको प्रतिवेदन लेखन तालिमको प्रशिक्षकमा महेन्द्र बहुमुखि क्याम्पसका उपप्रध्यापक सुर्दशन रिजाल रहनुभयको थियो । कार्यक्रममा त्रिभुवननगर जेसिजका अध्यक्ष दिपक शर्मा, दाङ महिला जेसिजका पूर्व अध्यक्ष निर्मला शर्मा,
कार्यक्रममा संस्थाका सदस्य बसन्ती सुवेदीले आस्थापाठ गराउनुभएको थियो भनेसहजीकरण महासचिव शारदा घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*