Home / Feature Breaking news / शरण सम्झना कपः एसएसएफए बिजयी

शरण सम्झना कपः एसएसएफए बिजयी

दाङ,२४ चैत । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को दोश्रो खेलमा तुलसीपुरको एसएसएफए बिजयी भएको छ । आइतवार घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा अटल युवा क्लव घोराहीलाई सून्यका विरुद्ध चार गोलले पराजित गर्दै एसएसएफए तुलसीपुर बिजयी भएको हो ।

उक्त खेलमा एसएसएफएको जितका लागि खेलाडीहरु बिनोद केसी र गणेश नेपालीले सामान २÷२ गोल गरेका थिए । आइतवारको प्रतियोगिता रेफ्रीहरु खुमबहादुर वली, शिवहरी शर्मा र बिनोद विकले खेलाएका थिए । प्रतियोगिताको तेश्रो खेल सोमवार नवलपुर युवा क्लव घोराही र सक्सेस युवा क्वल तुलसीपुरका विच हुने आयोजक राप्ती क्लवका सचिव श्यामकुमार गिरीले राप्ती सन्देशलाई जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता सोमवार साढे तीन बजे घोराहीको भरतपुर खेल मैदानमा हुनेछ । प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*