Home / मनोरञ्जन / ‘किन्देउ न मलाई झुम्के बुलाकी’

‘किन्देउ न मलाई झुम्के बुलाकी’

दंगाली गायिक सीर्जु अधिकारीको नयाँ गीत ‘झुम्के बुलाकी’ बोलको नयाँ गीत  त गीतको भाग­२ को रुपमा यो गीत बजारमा आएको हो ।

बजारमा आएको छ । किन्देउ न मलाई ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक भएसँगै सबैको रोजाई बनेको छ । सीर्जको चर्चीत गीत ओके छ
तिमी विना खै मन मान्दै मान्दैन, किन्देउ मलाई झुम्ले बुलाकी
तिम्रो आँखा रातो भो मेरो ओठ गुलावी
आखा आखा जुधिगो माया बस्न होला की

गायिक सिर्जुको स्वर र अमृत खातिको स्वरमा रहेको यो गीतमा सीर्जुले संगीत गरेकी छिन् । उनले संगीत गरेको यो गीत चर्चाको शिखरमा रहेको छ । स्वरको धनी सीर्जुको स्वरमा रहेको यो गीतमा झुम्के बुलाकीको माग गरेकी छिन् । मायाको चिनो स्वरुप सीर्जूले झुम्के बुलाकी मागेकी छिन् भने गायक अमृतले माया गरि झुम्के बुलाकी दिने प्रतिवद्धता गीतमा गरेका छन् ।

S 2

लाली जस्तै जीवनमा भरिदेउ न रंग
हाम्रो चोखो पिरतिमा दुनिया हो दंग
आखा रातो आखा रातो बैशले आखा रातो
चोखो माया तिमीलाई नै गर्छु म त ओके छ त
तिमीसँगै जिउछु अनि मर्छु म त ओके छ त
किन्देउ किन्देउ मलाई झुम्ले बुलाकी
माया गरि किन्देउमलाई झुम्के बुलाकी
किन्दिन्छु म चिनो तिमीलाई म झुम्के बुलाकी
माया गरि किन्दीन्छु म झुम्के बुलाकी

सीर्जुको यो गीतमा उत्कृष्ट भिडियो पनि बनेको छ । सिर्जुको अभिनय रहेको यो गीतमा कभर डान्सकालागि नव प्रतिभाहरुलाई अवसर दिईएको छ । कभर डान्सकालागि सम्पूर्ण नवप्रतिभाहरुलाई अनुरोध गरिएको छ । उत्कृष्ट हुने कभर भिडियोलाई १ लाख पुरस्कारको व्यवस्था गरिएको गायिक एवं मोडल सीर्जु अधिकारीले अनुरोध गरेकी छिन् ।

सीर्जुका धेरै गीतहरु चर्चीत बनेका छन् । ‘प्यार प्यार तिम्रो मनमा प्यार जगाउला, छेकेन जामाले, मेरो फिगर कोकाकोला, फुच्ची फुच्ची, म त लाजले भए भुतुक्कै’ लगायतका गीतहरु चर्चीत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*