Home / Feature Breaking news / बृद्धि गरिएको व्याजको विरोधमा आन्दोलन गरिने
smart

बृद्धि गरिएको व्याजको विरोधमा आन्दोलन गरिने

दाङ, ४ कार्तिक ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले राष्ट्र बैकले व्याज बृद्धि गरेकोे विरोधमा आन्दोलन गर्ने भएको छ । संघको शुक्रवार वसेको कार्य समितीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कार्तिक १६ गते देखि चरणवद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । राष्ट्र बैकले ब्याज वृद्धि गरेपछि उद्योगी तथा व्यावसायीहरु मारमा परेको भन्दै संघले आन्दोलन गर्ने निर्णय भएको उनले बताए । सरकारले उद्योगीलाई सहयोग गर्नु पर्ने अवस्थामा बैकको ब्याज बृद्धि गर्दा यसले थप पिडा दिएको अध्यक्ष वुढाथोकीले बताए । ‘उद्योगी तथा व्यवसायीहरु बाध्य भएर सडकमा जानु पर्ने अवस्था आएको छ ’ उनले भने । विभिन्न समस्याका भोग्दै आएका उद्योगी तथा व्यावसायीहरुलाई बैकले व्याज बृद्धि गर्दा पलायन भइ रहेकोे संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । यस्तै अवस्था रहे थप पलायन हुने उनको भनाइ रहेको छ । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*