Home / Feature Breaking news / वेश्यावृतिमा संलग्न १९ जना पक्राउ

वेश्यावृतिमा संलग्न १९ जना पक्राउ

घोराही, २२ जेठ

दाङमा प्रहरीले वेश्यावृतिमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । घोराहीका विभिन्न होटलहरुमा छापा हानेर प्रहरीले वेश्यावृतिमा संलग्न १४ जना महिला र ५ जना पुरषहरुलाई पक्राउ गरेको हो ।

घोराहीका विभिन्न होटलहरुमा युवतिहरु राखेर नै वेश्वावृति हुने गुनासो आएपछि प्रहरीले मंगलवार घोराहीका विभिन्न होटलहरुमा छापा हानेको थियो ।

पक्राउ परेकामध्य पुरुष १८ देखी २४ वर्षका र महिला १८ देखी ३० वर्ष उमेरका रहेको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले घोराहीको गुमान होटल, अर्जुन होटल र पञ्चकन्या पञ्चकन्या होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराहीका ७ वटा होटलमा छापा हानेकोमा तीन होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*