तुलसीपुर, २ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ले वडाभित्र बाल अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा तुलपुीर–११ नम्बर वडा कार्यालयको समन्बय एव युनिसेफको सहयोगमा आयोजित बालबिबाह तथा बालश्रम विरुद्ध आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी जनप्रतिनिधि, बालबालिका, शिक्षक प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी तथा अन्य सरोकारवालाहरुले समुन्नत समाज र बालबालिकाहरुको उज्योल भविष्यका लागि बालअधिकार संरक्षण सम्बन्धि कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिक तथा सामाजिक बिकास साखा अधिकृत माया श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकासंग सरोकार राख्ने सबै संस्थाहरुमा बालबालिकाहरुको प्रतिनिधित्व बनाइनुपर्नेमा जोड दिएका थिए । साथै बालश्रम नियन्त्रण गर्न सकिने अबस्थामा रहेपनी बालबिबाह नियन्त्रण गर्न चुनौती रहेकाले बाल अधिकार अभियान यसतर्फ बढी केन्द्रित हुनुपर्ने सहभागिहरुले धारणा राखेका थिए ।
कार्यक्रममा तुलसीपुर ११ नम्बर वडाका अध्यक्ष चित्रबहादुर वली, वडा सदस्यहरु घनश्याम गौतम, सुबास डागी, निर्मा चौधरी, तुलसीपुर११ कि वडा सचिब अधिकृत लक्ष्मी राना, वडाका कर्मचारी लक्ष्मी चौधरी, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाकी सहायक महिला निरिक्षक ललिता कडेल, स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वली, प्रहरी चौकी जसपुरका प्रमुख प्रहरी सहायक निरीक्षक नेत्र बहादुर नेपाली, शिद्धेस्वरी महिला सहकारीका प्रबन्धक साबित्रा चापाइ वली, चन्द्रोदय बिद्या कुन्जका प्रअ द्रोण बहादुर बस्नेतले बोलेक थिए ।
कार्यक्रममा अमर माबिकी शिक्षिका गोमा बालान क्षेत्री, आधारभूत विद्यालय कटाहाका प्रअ टंक बहादुर भण्डारी, न्यु शान्ति बोर्डिङ स्कुलका शिक्षक अर्जुन आचार्य, शान्ति आधारभूत विद्यालय नवलपुरका शिक्षक बिष्णुप्रसाद वली, दङ्गिशरन बोर्डिङ स्कुलका प्रअ बमबहादुर डाँगी, शुक्रेशोरी प्राबिका प्रअ शोभाराम भण्डारी, स्थानीय समाजसेवीहरु तिलकबहादुर बस्नेत, गोबर्धन शर्मा, वडा स्तरिय युबा सन्जालका अध्यक्ष दिपक खड्का, बाल सन्जालका सचिब पुष्कर देबकोटालगायतले धारणा राखेका थिए ।
त्यसैबिच तुलसीपुर ११ नम्बर वडा कार्यालयले बालबिबाह बारे पछिल्लो अबस्था थाहा पाई नियन्त्रणको अभियान अघि बढाउनका लागि तत्काल वास्तविक तथ्यांक संकलन गर्ने योजना रहेको वडा अध्यक्ष चित्र बहादुर वलीले जानकारी गराएका थिए ।