Home / Feature Breaking news / प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ, २ फागुन । जिल्लाको सर्वाधिक राशीको फुटवल प्रतियोगिता प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता–२०७६ शुक्रवारदेखि सुरु भएको छ ।

१४३ औँ लखन थापा मगर स्मृति दिवसका अवसरमा नेपाल मगर संघ दाङ शाखाले घोराहीमा आयोजना गरेको प्रतियोगिताको एक कार्यक्रमका विच पूर्व सभाुमख एव नेपाल कम्युनिष्ट पार्टीकी प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्तीले घोराही उपमहानगरपालिका वडा नं. १८ को नवलपुर खेल मैदानमा उद्घाटन गरेकी हुन । प्रतियोगिताको उद्घाटन गर्दै पूर्व सभामुख घर्तिले प्रथम सहिद लखन थापा मगरको स्मृति दिवसका अवसरमा आयोजना गरिएको प्रतियोगिताले खेलकुद क्षेत्रको विकास लागि महत्वपुर्ण योगदान पु¥याउने बताएकी थिइन ।

राणा शासनको विरुद्धमा लड्दै गर्दा ज्यान गुमाएका थापा मगरलाई राज्यले ढिलै भएपनि प्रथम सहिद घोषणा गरेर जनजातिप्रति सम्मान गरेको समेत बताएकी थिइन । त्यस्तै पूर्व सभामुख घर्तिले बहुमत प्राप्त सरकारबाट ठुलो अपेक्षा गरेपनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएकी थिइन ।

नेकपाकी प्रदेश नं. ५ की अध्यक्ष समेत रहेकी घर्तिले सरकारको दुई बर्ष आन्तरिक कलहमै सकिएको भन्दै अवको समय देश र जनताको समृद्धिमा लगाउनुपर्ने समेत बताइन ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले प्रथम सहिद लखन थापामगरको राज्यले सम्मान गर्न नसकेको बताएका थिए । नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपध्यक्ष गुरुप्रसाद घर्तिमगर, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य,नेकपा दाङका सचिव सुवास पुन, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष ठाकुरा रोका, नेशलन मंगोल अर्गनाईजेशनका अमर आले, नेपाल मगर संघका प्रदेश नं. ५ का उपाध्यक्ष शितलाल पुन, घोराही उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भरत अर्याल, नेपाल मगर संघका पूर्व अध्यक्ष जीतबहादुर बुढामगरलगायतले प्रथम सहिद लखन थापामगरको सम्मानका लागि फुटवलसँगै अन्य प्रतियोगिताहरु समेत हुन आवश्यक रहेको बताएका थिए । सल्लाहकार दयाजी रोकामगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव मुक्त बुढामगरले गरेका थिए ।

फागुनको १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता क्लवले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र हात पार्नेछ । तेस्तै दोश्रो हुने समूहले ५५ हजार पाँच सय ५५ रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा १५ वटा क्लवहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*