Home / Feature Breaking news / नीति,बिधि र प्रक्रियाबाट चल्न संघको ध्यानाकर्षण

नीति,बिधि र प्रक्रियाबाट चल्न संघको ध्यानाकर्षण

दाङ, २४ असार । नेपाल शिक्षक संघ दाङले शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख रामलाल खड्कालाई बुधवार स्वागत गरेको छ । संघले समन्वय इकाइ दाङका प्रमुख रामलाल खड्कालाई उनको कार्यकक्षमा पुगेर स्वागत गरेको हो ।

राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रहेका खड्काले बुधवारदेखि समन्वय इकाइको जिम्वेवारी सम्हाल्नु भएकालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाल शिक्षक संघको नेतृत्वले जिल्लाका शिक्षाका सवालबारे जानकारी समेत गराएको छ ।

सवालहरु जानकारी गराउदै शिक्षक संघका नेताहरुले जिल्लाको शिक्षा क्षेत्रमा सत्तापक्षले त्रसिद हुने वातावरण सिर्जना गरेको, धेरै विद्यालयमा प्रधानाध्यापक रिक्त भएको, बिस्थापित भई राहत शिक्षकका रुपमा कार्यरत शिक्षकहरुको बारेमा स्पष्ट धारणा नआएको, त्यस्ता शिक्षकलाई ऐन विपरित स्थानीय तहका शिक्षा समितिहरुले अवकासको कार्य थालेको, विद्यालयमा राजनितिक रुपले कब्जा गर्र्र्ने वातावरण सिर्जना गरेको भन्दै त्यस्ता गलत कार्यको अन्त्यका लागि पहल गर्न सम्वन्वय इकाइ प्रमुख खड्को ध्यानाकर्षण गराएका छन ।
उनीहरुलाई आफूहरुको शक्तिलाई कमजोरी ठानी अवमूल्यन नगर्न कार्यालय प्रमुखलाई आग्रह समेत गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष एंव शिक्षक महासंघका जिल्ला अध्यक्ष अमरबहादुर खड्काले आफूहरु सहमतिका आधारमा अघी बढेपनि शिक्षा क्षेत्रमा काम गर्न कर्मचारीहरुलाई जनप्रतिनिधिहरुको सहमतिमा मात्रै आफूले काम गर्न भन्दै अनावश्यक सत्ताको रवाफ देखाउने वातावरण दाङमा शुरु भएको बताए ।
नेपाल शिक्षक संघ ५ नं प्रदेशका अध्यक्ष अर्जुनकुमार योगीले आफूहरु सहमतिबाटै अघी बढ्न तयार रहेको भन्दै निति, बिधि र प्रक्रियाबाट हुने कामलाई ढुक्कसँग हुने वातावरण सिजर्ना गर्न आग्रह गर्नुभयो । समन्वय इकाइका प्रमुख जिल्लामा आएको ५० दिन नपुग्दै एकाएक गरिएको सरुवाका कारण आफूहरुलाई आश्चर्यचकित पारेको भन्दै समन्वयको भूमिका रहन आग्रह गरेका छन ।

संघका जिल्ला अध्यक्ष युवराज बस्नेतले विद्यालयमा सिनिएर प्रधानाध्यापक हुदाहुदै गतलबाटो बाटो अर्को प्रधानाध्यापक राख्न खोज्नु, समन्वय प्रमुखलाई दिनभर दवावमा राखेर सत्ताको अडामा सरुवा गरिनु, सरुवा र नियुक्तीमा दवाव दिइनु जस्ता कार्यले सहमतिको वातावरण बिग्रने भन्दै आफूहरुलाई आन्दोलित हुने वातावरण सिर्जन नगर्न समन्वय प्रमुखको ध्यानाकर्षण गराराएका छन ।

सवैका गुनासो हुनेपछि समन्वय प्रमुख खड्काले आफूले सहमति, सहकार्यसगै निति, बिधि र प्रक्रियाबाट मात्रै काम गर्न प्रतिवद्धता ब्यक्त गरेका छन । कार्यक्रममा संघको जिल्ला नेतत्वसगै संघमा आवद्ध प्रतिनिधि, पदाधिकारी र शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*