Home / Feature Breaking news / स्थानीयको विरोधपछि विहिवारदेखि सडक ग्राभेल गरिने

स्थानीयको विरोधपछि विहिवारदेखि सडक ग्राभेल गरिने

दाङ,२५ असार । घोराही उपमहानगरपालिका वडा नं ९ का स्थानीयले सडक स्तोरन्नतिको माग गर्दै आन्दोलित भएका छन् । वर्षातमा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने भन्दै ढिकपुर–चैनपुर सडकखण्डलाई स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ ।

सडक हिलाम्य हुदा समेत स्थानीय सरकारले सडक स्तरउन्नतिमा ध्यान नदिएको भन्दै बुधवार स्थानीयले चार घण्टा सडक समेत अवरुद्ध गरेका छन । बाटोको स्तरोन्नतिको नाममा नाला मात्रै निकालेको र ग्राभेल नगरेपछि बर्षातको समयमा सडकमा हिड्न समस्या परेको छ ।

हिलोका कारण सडकमा हिड्नलाई समस्या भएकोले आफूहरु आन्दोलित भएको स्थानीय खिम वलीले बताए । सोही बाटोमा दैनिक स्कूल बसहरु, अन्य सार्वजनिक तथा निजी सवारीसाधनहरु सञ्चालन हुने भएपनि बाटोको स्तरोन्नतिका विषयमा कुनै निकायले चासो नदिएको उनको गुनासो रहेको छ ।

चार घण्टा सडक अवरुद्ध भएपछि वडाध्यक्ष मानबहादुर बस्नेतले सडक ग्राभेल गरिदिने सहमति जनाएपछि स्थानीयले अवरुद्ध सडक खुलाएका छन । सहमतिअनुसार बाटो मर्मत कार्य नभए फेरि बन्द गर्ने स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*