Home / Feature Breaking news / भाेजपुरमा प्रहरी र विप्लव समूहबिच गाेली हानाहान, दुई जनाकाे मृत्यु

भाेजपुरमा प्रहरी र विप्लव समूहबिच गाेली हानाहान, दुई जनाकाे मृत्यु

दाङ, २५ असार

भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । दुवैतर्फबाट गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा गोली हानाहान हुँदा दुवै तर्फका एक/एक जनाको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले जानकारी दिए ।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राई रहेका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । बुधबार बिहान साढे आठ बजे भएको घटनापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सादा पोशाकमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गोली हानेको र सँगै रहेका अर्का प्रहरीले जवाफी फायर गरेको प्रजिअ खतिवडाले बताए ।

गोली लागेर घाइते भएका दुवैजनालाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*