Home / Feature Breaking news / ज्येष्ठ नागरिकलाई सम्मानसहित हरलिक्स, छाता र टर्च लाईट

ज्येष्ठ नागरिकलाई सम्मानसहित हरलिक्स, छाता र टर्च लाईट

दाङ,२४ असार । घोराही उपमहानगरपालिका वडा नं. ५ ले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मानसहित ज्येष्ठ नागरिकलाई छाता, हरलिक्स र लाईट वितरण गरेको छ । पोष्टिक आहारका रुपमा हरलिक्ससहित बर्षातको समयमा ज्येष्ठ नागरिकहरुलाई हिड्डुल गर्न सहजताका लागि वडा कार्यालयले एक थान छाता र टर्च लाईट सहयोग गरेको हो ।

वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि वडाका विभिन्न टोलमा रहेका ७५ बर्ष पुरा गरेका ६१ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका नेता तथा प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले ज्येष्ठ नागरिकलाई हरलिक्सको डिव्वा, ओढ्नलाई बर्की, छाता र टर्च लाईत वितरण गरेका थिए ।

jest nagarik

सोही कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताएका हुन ।
शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरिकलाई घरपरिवारवाटै माया गर्ने सस्कारको विकास गर्नुपर्ने बताए । ‘अहिले समाजमा ज्येष्ठ नागरिकलाई काम गर्न सक्दैन भनेर वृद्धआश्रममा लगेर राख्ने सस्कार मौलाउँदैछ’, प्रदेशसभा सदस्य श्रेष्ठले भने,‘त्यस्तो कार्य हुन नदिन समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान बढाउन आवश्यक छ ।’ त्यही अनुसार सरकारले कार्यक्रम ल्याउनपर्ने बताए ।

वडा अध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षमा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले वडाले जेष्ठनागरिकहरुलाई सम्मान गर्ने कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु फत्तेबहादुर केसी, खिमबहादुर न्यौपाने, तुलसा खड्का, धर्ना गाविकासका पूर्व अध्यक्ष कृष्णबहादुर केसी, नेकपाका नेता भुमबहादुर गिरी, विवेक बुढाथोकी, कप्तान टोल विकास सस्थाका अध्यक्ष गोपाल नेपालीलगायको कार्यक्रममा उपस्थीति रहेको थियो ।

कर्यक्रममा ज्येष्ठ नागरिकलाई व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडासचिव लक्ष्मण अधिकारीले गरेका थिए । वडाले गतबर्ष पनि ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*