Home / Feature Breaking news / नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, कोरोनाबाट ६ सयको मृत्यु

नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, कोरोनाबाट ६ सयको मृत्यु

दाङ,२३ असोज। नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यो संख्या १ लाख ६ हजार ७६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा शुक्रवार ७ सय ३२ महिला र १ हजार तीन सय २७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये ६ सय जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १४०९ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १११६, ललितपुरका १६३ र भक्तपुरका १३० जना छन् ।

यस्तै मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९ र ९ जना, झापा, तनहुँ र दैलेखका ८ र ८ जना, सर्लाही र धादिङका ७ र ७ जना तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मी र कालीकोटका ५ र ५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३ र ३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २ र २ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १ र १ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*